ओली सर्वाेच्चका न्यायधीश भेट्दै
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १९:४६:४४
२ माघ, काठमाडौं । सर्वाेच्च अदालतमा विचाराधिन वहुचर्चित मुद्धा हो प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन । यसबारे धमाधम वहस भैरहेको छ । पक्ष र विपक्षमा विभक्त वकिलहरु आफ्ना दलिल प्रस्तुत गदैछन् । तर विचित्र के छ भने यसबारे न्याय निरुपण गर्न बसेका न्यायमूर्तिहरु भने एउटा झगडियालाई उसको निवासमै गएर भेट्दै छन् ।
प्रधानमन्त्री ओलीविरुद्ध परेको यो मुद्धाको सुनुवाई गर्ने न्यायमूर्तिहरु नै अहिले वालुवाटार पुगेर ओलीको मन्त्रणा सुनेर फर्कने अवस्थामा पुगेको स्रोतको भनाई छ । आफूले गरेको विघटन सदर हुने र निर्वाचन भएरै छाड्ने ओलीको उद्घोष रहेको छ । यसका लागि आफूले सर्वाेच्च अदालतमा सेटिङ नै मिलाएको दाबी ओलीको रहने गरेको छ ।
त्यसैलाइै बल पुग्ने गरी ओलीले सुनुवाईमा रहेका र नरहेका न्यायधीशहरुलाई समेत बालुवाटार बोलाएर मन्त्रणा गर्दैछन् । स्रोतका अनुुसार, गएको पुष २७ गते ओलीले दिउँसो न्यायधीशद्वय हरिकृष्ण कार्की र सपना प्रधान मल्ललाई बेग्लाबेग्लै भेट गरेका थिए । कार्कीले संवैधानिक इजलाशमा नबस्ने भनेपछि प्रधानन्यायधीश चोलेन्द्रसम्शेर राणाले उनको ठाउँमा प्रधान मल्ललाई सदस्य तोकेका छन् ।
यस्तै ओलीले सर्वाेच्च अदालतका वरिष्ठ न्यायधीशहरु दीपक कार्की र मीरा खड्कालाई पनि बालुवाटार बोलाएर भेट गरेको स्रोतको दाबी छ । पुसको २६ गते राति देउवाले कार्की र खड्कासँग भेट गरेका हुन् । न्यायलाई प्रभावित पार्ने गरी प्रधानमन्त्री ओलीले यसरी न्यायधीशलाई आफ्नै निवासमा बोलाएर भेट गर्नुले सेटिङको चर्चालाई मजबूत बनाएको छ । मुद्धाको पक्षलाई भेट्नु पनि न्यायधीशको आचारसंहिताविपरीत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार