एमिकस क्यूरीपनि वृहत् इजलाशकै पक्षमा
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार २१:१४:३९
२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन संवैधानिक हो की असंवैधानिक ? राजनीतिक वृत्तमा मात्र होइन, न्यायिक क्षेत्रमा समेत यो विवादित बनेको छ । सर्वाेच्च अदालतले यसको निक्र्याेल गर्न सुनुवाई जारी राखेको छ । पक्ष र विपक्षका वकीलहरुले आफ्नो राय दिइरहेकाछन् । तर विवादको चुरो यतिबेला संवैधानिक इजलाश कि वृहत् इजलाश भन्नेमा केन्द्रित भएको छ ।
प्रधानमन्त्री पक्षधर वकिलहरु संवैधानिक इजलाशबाटै विवादको निरुपण गर्न सकिने तर्क राख्दै छन् । उता, पुुनस्थापना हुनुपर्छ भन्ने पक्षका कानून व्यावसायीहरु भने संवेदनशील र गम्भिर प्रकृतिको विषय भएकाले वृहत् इजलाश नै उचित हुने पक्षमा विभाजित भएको अवस्था छ ।
यसैसन्दर्भमा आजको सुनुवाई गरिरहेको संवैधानिक इजलाशमा फेरि पनि वहस त्यतै गयो ।
न्यायधीशहरु विभाजित भएपछि बेञ्चले यो विषयमासमेत एमिकस क्यूरीको राय लिएको छ । आज नेपाल बार एसोसिएसनका तर्फबाट सिफारिश गरिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो राय दिएका छन् । वरिष्ठ अधिवक्ता कार्कीले अहिलेको अवस्थामा वृहत् इजलाश नै उपयुक्त हुने राय दिएका छन् ।
त्यसपछि प्रधानन्यायधीश चोलेन्द्रसम्शेर राणाले थप एमिकस क्यूरीको राय नचाहिने बताएका थिए । तर सर्वाेच्च बारबाट सिफारिश गरिएकी गीता पाठकले भने एमिकस क्यूरीका लागि सिफारिश भएका सबैको राय बेञ्चले सुन्नुपर्ने भन्दै आपत्ति जनाएकी छन् । यसबारे प्रधानन्यायधीशले केही बोलेका छैनन् ।
नेपाल बारले कार्कीका साथै वरिष्ठ अधिवक्ताहरु शतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई तोकेको छ, भने सर्वाेच्चले पाठकका साथै पूर्ण शाक्यलाई एमिकस क्यूरीका लागि मनोनयन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार