बेलायतको अर्थतन्त्र २.६ प्रतिशतले संकुचन
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार २१:४१:४०
२ माघ, एजेन्सी । बेलायतको अर्थतन्त्र गत नोभेम्बर महीनामा २ दशमलव ६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रवार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको हो ।
बेलायती तथ्याँक कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा देशको कुल गार्हस्थ्य उत्पादनमा व्यापक गिरावट आएर अघिल्लो महिनाको भन्दा शून्य दशमलव ६ प्रतिशतले कमी आएको बताइएको छ ।
प्राप्त विवरण अनुसार बेलायती अर्थतन्त्रको आकार गत वर्ष सन् २०२० को फेब्रुअरीको तुलनामा ८ दशमलव ५ प्रतिशतले सानो भएको छ ।
कार्यालयले लगातार ६ महीनादेखि सामान्य वृद्धि देखिए पनि नोभेम्बर २०२० मा कुल गार्हस्थ्य उत्पादन २ दशमलव ६ प्रतिशतले घटेको बताएको छ ।
नोभेम्बर महीनामा संयुक्त अधिराज्यका सबै चारै ओटा देश (बेलायत, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्ड) मा लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएका थिए । बेलायतले अघिल्लो वर्ष मार्चदेखि जुनसम्म लगाएझैं यसै महीना (जनवरी) को शुरुमा पनि कडा लकडाउन घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी
चैत १५, २०८० बिहिबार
बंगलादेशमा किन चल्दै छ ‘इन्डिया आउट’ को अभियान ?
चैत १४, २०८० बुधबार
परपुरुषसँग अवैध सम्बन्ध राख्ने महिलालाई ढुंगाले हानेर मार्ने तालिवानको घोषणा
चैत १४, २०८० बुधबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार