अमेरिकामा साओमीका उत्पादनहरुको कारोबारमा प्रतिबन्ध
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार २१:४६:२
२ माघ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनको सरकारी कम्पनी चाइना नेशनल आयल कर्पोरेसन र मोबाइल फोन निर्माता साओमीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । यससँगै अमेरिकामा साओमीका उत्पादनहरुको कारोबारमा प्रतिबन्ध लागेको छ ।
गत नोभेम्बरमा एप्पललाई पछि पार्दै साओमी विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी बनेको थियो । यसअघि गत नोभेम्बरमा ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कालोसूचीमा रहेका कम्पनीमा अमेरिकी नागरिकले लगानी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । यससँगै अब अमेरिकी लगानीकर्ताले पनि साओमी किन्न पाउनेछैनन् ।
आगामी साता अमेरिकामा जो बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् । त्यसैले ट्रम्प आफ्नो अन्तिम दिनमा निरन्तर चीनविरोधी नीति अघि सारिरहेका छन् । ट्रम्पको कार्यकालमा अमेरिका–चीन सम्बन्ध इतिहासकै कमजोर अवस्थामा पुगेको थियो ।
अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले चाइना नेशनल आयल कर्पोरेसनले चिनियाँ सेनाको सहयोग गर्दै आएको आरोप लगाएका छन् । पछिल्लो केही वर्षमा अमेरिकाले धेरै चिनियाँ कम्पनीलाई कालोसूचीमा राखिसकेको छ ।
जसमा चिनियाँ दूरसञ्चार उपकरण निर्माता हुवावेई पनि सामेल छ । हालै मात्र अमेरिकाले व्यावसायिक ड्रोन निर्माता कम्पनी डीजेआईलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार