डिजेल चोरीको प्रयास भए पनि कुनै क्षति भएको छैन: निगम
नेपालबहस संवाददाता
माघ २, २०७७ शनिबार १:५६:४
२ माघ, काठमाडौं । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात भएको जनाएको छ । उक्त पाइपलाइन खण्डअन्तर्गत पर्ने विहार प्रान्तको लकड़ी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक डिजेल चोरीको प्रयास भए पनि कुनै क्षति नभएको जानकारी आएको निगमले जनाएको हो ।
आज विभिन्न सञ्चारमाध्यममा पाइपलाइन फोडेर इन्धन चोरी भएको समाचार सार्वजनिक भएपछि निगमले इण्डियन आयल कर्पोरेशनको मोतिहारी कार्यालयसँग सम्पर्क गर्दा उक्त पाइपलाइनबाट डिजेल चोरीको प्रयास गरिएको तर त्यसको कारणबाट कुनै ठूलो परिमाणमा क्षति नभएको जानकारी प्राप्त भएको जनाइएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पाइपलाइनमा कुनै समस्या नआएको भन्दै निरन्तर तोकिएको परिमाणमा डिजेल आयात भइरहेको बताए । उनका अनुसार पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० हजार लिटर डिजेल आयात भइरहेको छ ।
पाइपलाइन सुरक्षाको सम्पूर्ण जिम्मा भारतीय पक्षको भएको भन्दै नेपाललाई कुनै पनि नोक्सानी नभएको जनाइएको छ । विसं। २०७६ भदौ २४ गते नेपालका प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पाइलपालइनको उद्घाटन गरेका थिए। भारतमा पाइपलाइन सुरक्षाका लागि छुट्टै सुरक्षा निकाय गठन भएता पनि नेपालमा कानुन नबन्दा नेपाली सेनालाई पाइपलाइन सुरक्षाको जिम्मा दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार