कविता: तँ !
नेपालबहस संवाददाता
माघ ३, २०७७ शनिबार १३:९:६
हो , तँलाई माया गर्दिनँ म
अहँ ! गर्दै गर्दिनँ
बिहानीको भाले बास्नुभन्दा पहिले
सिरान मुनीबाट मलाई व्युँझाउँछेस्
उठ्ने बेला भएन ?
कति अबेरसम्म सुतेको ?
छिटो उठ् भनेर उठाउँछेस्
आजभोलि सिरानमा केही छैन , कोही छैन
तै पनि सिरानमुनी हात छिराउँछु म
किन यस्तो लत लगाइदिइस् मलाई ?
किन यस्तो आदत बसाइदिइस् मलाई ?
खाना खाइस् कि छैन ?
आज किन ढिलो रु भोक लागेन ?
आज के गर्छस् रु कहाँ जान्छस् ?
थाहा छ मलाई
तैँले उति टाढाबाट खाना पठाउन सक्दिनस्
फेरी किन यसरी सोध्छेस् हरेक दिन मेरो भोक तिर्खा ?
फेरी किन यसरी खोज्छेस् हरेक दिन मेरो दिनचर्या ?
औषधी खा !
खान नहुने चिज नखा !
तातो पानी पिई
राम्रो डाक्टर सँग गएर जँचा
आफ्नो ख्याल गर
उफ् !
तैँले निको पार्ने होइन मलाई
तँ झाँक्री पनि होइनस्, धामी पनि होइनस्
डाक्टर पनि होइनस्, वैद्य पनि होइनस्
के का लागि मेरो निरोगिता चाहन्छेस् ?
के का लागि मेरो सकुशलता चाहन्छेस् ?
तैँले हरेक दिन माया गर्छु , गर्छु भनिस्
आखिरीमा छोडेर गइस्
मैले अन्तिम सास लिंदा सम्म पनि
अहँ , बिर्सनै सकिन तँलाई
आज म सोध्छु
कहाँ छेस् रु के गर्दैछेस् ?
सञ्चै छेस् रु खुशी छेस् ?
आजबाट त सम्झिन पनि पाउँदिनँ मैले तँलाई
हेर् न
हतारिंदै छन् मलामीहरू मलाई चितामा छोडेर घर फर्किन
ए साँच्ची
तँ किन मलाम नआएकी ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार