साताको शेयरबजारः २२ अर्ब ७४ करोड रुपैयाँको कारोबार
नेपालबहस संवाददाता
माघ ३, २०७७ शनिबार १९:२२:४३
३ माघ, काठमाडौं । यो साता ४ दिन खुलेको बजारमा २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । समग्रमा हेर्दा यस साताको शेयरबजार पनि उत्साहपूर्वक रहेको छ । साताभर ४ दिन खुलेको बजारमा नेप्सेले एक पछि अर्को गर्दै नयाँ नयाँ उचाइ कायम गरेको हो।
नेप्सेका अनुसार यस साता शेयर कारोबार मापक नेप्से परिसूचक ९२.०६ अंकले बढेर २२८६.५४ विन्दुको एतिहासिक उचाइमा पुगेको छ । नेप्से ४.२० प्रतिशतले बढेको हो । यस्तै, यस साता सेन्सेटिभ परिसूचक पनि १४.०३ अंकले बढेर ४३५.२५ मा पुगेको छ ।
यसैगरी, यस साता कुल २ लाख १ हजार पटकको कारोबारमा २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको ५ करोड ५४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै वटा उपसमूहका परिसूचक बढेका छन् ।
त्यसैगरी, यस साता सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरूले ४५.७३ प्रतिशतका दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी १९.१५ प्रतिशतले घटेको छ ।
त्यस्तै, यस साता नेप्सेमा दुई वाणिज्य बैंकले बोनस शेयर सूचिकृत गरेका छन् । यस साता नेप्सेमा कुमारी बैंक लिमिटेडको एक करोड ३५ लाख ८४ हजार २ सय ५३ दशमलव ६७ कित्ता बोनस सेयर सूचिकृत भएको हो । त्यसैगरी, एनआइसी एशिया बैंक लिमिटेडको १ करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार