थप २४० मा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालबहस संवाददाता
माघ ३, २०७७ शनिबार २३:५७:१६
३ माघ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २४० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८१९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८७ महिला र १५३ पुरुष गरी सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४७७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४४ पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
अहिले देशभर चार हजार ५४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टाइन रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म २० लाख आठ हजार ९४४ को पीसीआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ४२ महिला र ८९ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार