हिमाली क्षेत्रमा बाँझो जमिनमा लोठसल्ला रोपणको तयारी
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १६:२८:५०
४ माघ, रसुवा । निजी स्वामित्वको खाली जमिनमा लोठसल्लाका बिरूवा रोपण गराउन जागरण कार्य अगाडि बढाइएको छ । हिमाली क्षेत्रमा बाँझो बसेका र लगाएका खेती जनावरले नोक्सान पुर्याउने जङ्गल छेउका जमिनमा लोठसल्लाको खेती गर्दा उपयुक्त हुने वन प्राविधिकले सुझावसमेत दिएका छन् ।
रोपण गरेको सात÷आठ वर्षदेखि लोठसल्लाको पातले निरन्तर आम्दानी दिन थाल्ने र कामको खोजीमा अन्यत्र जानुभन्दा घरमै बसेर राम्रो आम्दानी लिन सकिने भएकाले रोपणकार्यमा सहभागी भइदिन आग्रह गरिएको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिनुभयो ।
क्यान्सर रोगका लागि प्रयोग हुने लोठसल्लाको पात बिक्रीबाट प्रतिकेजी रु २५० देखि २७५ सम्म आम्दानी हुने र एकपटक रोपेको बिरूवाले निरन्तर आम्दानी दिइरहने डिभिजन कार्यालय रसुवाले जनाएको छ । समुद्र सतहबाट एक हजार ३०० देखि दुई हजार २०० मिटरको उचाइसम्म रोपण गर्न सकिने लोठसल्लाको प्रतिबोटले १० केजीसम्म पात उत्पादन गर्ने र एक रोपनीमा ७० बिरूवा लगाउन सकिने बताइन्छ ।
पाठेघर र स्तनमा भएका क्यान्सर रोग निदान पार्ने औषधिमा प्रयोग हुने लोठसल्लाकोे पातले क्यान्सरको औषधि बन्ने र उपचारका क्रममा किमो दिनुपर्दा उक्त सल्लाको पाउडर आवश्यक पर्ने वन प्राविधिकले बताएका छन् । लोठसल्लाको बिरूवा रोपणलगायत संरक्षणको तौरतरिका सिकाउने प्राविधिक ज्ञान डिभिजन वन कार्यालय रसुवामै भएकाले आफ्ना निजी जमिनमा रोप्न इच्छुक व्यक्तिले सम्पर्क राख्नसमेत आग्रह गरिएको छ ।
यस्तै टिमुर तथा तेजपातको खेतीले पनि राम्रो आम्दानी लिन सकिने बताउँदै डिभिजन वन अधिकृत केसीले यस्ता चिजका बिरूवा रोप्न आफूले पहिलो प्राथमिकता दिने बताउनुभयो । टिमुरबाट प्रतिकेजी रु ६०० र तेजपातबाट प्रतिकेजी रु ६० आम्दानी लिन सकिने भएकोले रोपण कार्यमा क्रमशः जागरण बढ्दै जाने अपेक्षा राखिएको वन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार