बुधबार , फागुण १९, २०७७

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला

४ माघ, गण्डकी । सहकारीको छाता सङ्गठन जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित भएका छन् । अध्यक्षका लागि कोइरालासहित बलराम गौतम र धर्मराज अर्याल चुनावी मैदानमा थिए ।

संघको ४७औँ साधारणसभाले वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दीपक बाँस्तोला र कोषाध्यक्षमा नवराज बराल निर्वाचित भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी महिला प्रतिनिधिमा कौशिला गुरुङ, चन्द्रकुमारी पराजुली, मैनादेवी रावल, विना लोहोनी निर्वाचित भएका छन् । राष्ट्रिय प्रतिनिधि सदस्यमा दीपकप्रसाद आचार्य चयन भएका छन् ।

विषयगत समितिततर्फ आनन्द सुवेदी र सञ्चालक समिति सदस्यमा खेमबहादुर गुरुङ, धनराज पुरी तथा लेखा समिति संयोजक धर्मबहादुर गुरुङ एवं सदस्यमा रमण पौडेल र विमलाकुमारी थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय