पुषमा कस्तो रह्यो सरकारको आम्दानी ?
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १६:५७:२०
४ माघ, काठमाडौं । पुष महिनामा सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुसमा १ खर्ब ३५ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २४ अर्बमात्रै उठाउन सकेको देखिन्छ । गैरकरतर्फ शिक्षण, पर्यटन, सेवा शुल्कतर्फ पनि कम असुलीमा अझै सुधार नदेखिएको महालेखाका अधिकारीहरू बताउँछन् ।
७२ अर्ब राजस्व संकलनको लक्ष्य पुस महीनामा राखिए पनि ६२ अर्ब संकलन भएको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्ति पाण्डे बताउँछन् । ठूला करदाता कार्यालयले मात्रै यो महीनामा ४४ अर्ब राजस्व संकलन हुने अपेक्षा राखेकोमा ३२ अर्बको हाराहारी राजस्व उठाउन सकेको विभागको भनाइ छ ।
सरकारले पुस महीनामा राजस्वको लक्ष्य पूरा गर्नकै निम्ति राजस्वको सूचकांकअन्तर्गतको आयकरलाई कसिलो बनाएको थियो ।
अर्थमन्त्री विष्णु पौडेललाई पटकपटक भेटेर निजीक्षेत्रका प्रतिनिधिहरूले कोरोनाका कारण पुस मसान्तभित्र आय विवरण बुझाउन कठिन हुने जानकारी दिए पनि सरकारले पूरै बेवास्ता गर्यो ।
बरु आन्तरिक राजस्व विभागले पुस महीनाको अन्त्यतिर समयमै कर विवरण नबुझाउनेलाई कारबाही गर्ने चेतावनीसहितको सूचना जारी गरेको थियो ।
चालू वर्षकै राजस्वका लक्ष्य पूरा गर्ने हिसाबले आयकरअन्तर्गत एनसेललाई कर तिर्न ठूला करदाताले यसै महीना ताकेतासमेत गरेको थियो ।
एनसेललाई स्वामित्व परिवर्तनबापत प्रारम्भिक निर्धारण गरी ६० अर्ब कर तिर्न ठूला करदाताले ताकेता गरे पनि त्यसमा विमति राख्दै सर्वोच्चमा रिट हाल्न पुगेको थियो ।
एनसेल आजियाटा लिमिटेडका तर्फबाट अर्थ मन्त्रालयलाई विपक्षी बनाई रमेश घिमिरेले दायर गरेको रिटमा गत बिहीवार सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म एनसेलसँग तत्काल कर उठाउने प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
यसले राजस्वको लक्ष्य भेट्न सरकारले चालेको तत्कालीन कदममा ब्रेक लागेको स्पष्ट देखिएको छ ।
भन्सारतर्फ पनि राजस्व संकलन पूरा भएको छैन । तर, गतवर्षको तुलनामा पुस महीनामा ४० प्रतिशतले राजस्व संकलन वृद्धि भएको छ । पछिल्लो समय आयातमा देखिएको सुधारले राजस्व संकलन विस्तारै बढ्ने क्रममा रहेको विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् । उनका अनुसार आगामी महीनामा भन्सारतर्फको लक्ष्य भेट्ने गरी नै राजस्व संकलन हुने विभागको आकलन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
अध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार