आज निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दै
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १७:३३:५७
४ माघ, काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । प्रधानमन्त्री केपी ओलीको चर्काे दबाब थेग्न नसकेर आयोगले आज सर्वदलीय बैठक डाकेको हाे । निर्वाचन हुन्छ भन्ने ओलीको एकोहोरो अडानलाई आधार मान्दै आयोगले यस्तो बैठकको तयारी गरेको हो ।
गएको पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनबारे अहिले सर्वाेच्च अदालतमा वहस पैरवी जारी छ । आगामी बैशाख १७ र २७ गते दुई चरणमा गर्न तोकिएको मितिमा निर्वाचनहुने नहुने अहिल्यै स्पष्ट भइसकेको छैन ।
ओली बाहेकका राजनीतिकशक्तिले असंवैधानिक रुपमाभएको विघटनको सिफारिश बदर हुनुपर्ने आवाज उठाएर सडक संघर्ष चर्काएका छन् । तर आयोग भने निर्वाचन भइछाड्ने ओलीकै बोलीमा लोली मिलाउँदै गतिविधि अगाडि बढाइरहेको छ ।
आजका लागि बोलाइएको बैठकमा ओलीपक्षको सहभागितानिश्चित रहेको छ । त्यस्तै , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समेत सहभागिताजनाउने संकेत गरेका छन् । तर पुष्पकमलदाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले भने सर्वदलीय बैठकमा नजाने प्रष्ट्याएको छ ।
उक्त समूहका एक नेताकाअनुसार, सर्वाेच्चबाट अन्तिम टुुंगो नलागिकननिर्वाचनसम्बन्धीगतिविधि बढाउने काम आफैंमा गलत र अव्यबहारिक हो । साथै, आयोगलाई आफूहरुले यसअघि नै कुनै गतिविधि सञ्चालन नगर्न आग्रह गर्दागर्दै जवर्जस्ती सर्वदलीय बैठक गर्नु गलत रहेको पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार