भर्खरै ६० लाख कित्ता आईपीओ निष्कासन गरेको प्रभु लाइफ इन्स्योरेन्सको ९.९६ प्रतिशतले बढ्यो शेयरमूल्य

४ माघ, काठमाडौं । भर्खरै मात्र ६० लाख कित्ता आईपीओ निष्कासन गरेको प्रभु लाइफ इन्स्योरेन्सको ९.९६ प्रतिशतले बढ्यो शेयरमूल्य वृद्धि भएको छ ।
आज आइतवार प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । आज कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू २९८ पुगेको छ ।
मार्केट डेप्थमा विक्री चाप शून्य छ भने ९ लाख ५१ हजार ८६९ कित्ता खरीद माग रहेको छ । १ बजेसम्म कम्पनीको ७० कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको शेयर कारोबार तल्लो मूल्यबाट शेयर कारोबार खुला भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू १०९ दशमलव ५६ देखि ३२८.६८ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणा बढीसम्म मूल्य तोक्ने गर्दछ ।
कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जना योग्य आवेदकबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि रू २ अर्ब ७८ करोड बराबरको आवेदन परेको थियो । ५ लाख ४० हजार आवेदकले १० कित्ता शेयर पाएका थिए ।
प्रतिक्रिया