ओली शीतलनिवासमा, अर्काे वितण्डा मच्चाउन खोजेको त हैन ?
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १९:५०:४
४ माघ, काठमाडौं । पार्टीभित्र संकट गहिरिंदै जाँदा प्रधानमन्त्री केपी ओलीको भरपर्ने थलो हो – शीतलनिवास । ओली सरकारले जस्तोसुकै सिफारिश गरेपनि निमेष भरमै राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाइदिने गरेकाले बालुवाटार र शीललनिवासबीचको केमेष्ट्रीलाई लिएर विभिन्न खाले चर्चा परिचर्चा हुने गरेको छ ।
प्रतिनिधिसभा विघटन गर्दा कतिपय कानूनी र संवैधानिक त्रुटी हुँदा समेत शीलतनिवासले मिलाइदिने गरेको छ । त्यसैले ओली जस्तोसुकै परिस्थितिमा पनि हच्किएनन् । किनभने उनलाई दरिलो साथ थियो । अहिले पनि ओली माथिको राजनितिक संकट सकिएको छैन ।
चौतर्फी आक्रमण जारी छ । सबैभन्दा ठूलो आक्रमण त हिजोसम्म एउटै भातभान्छा भएकाहरुबाटै भइरहेको छ । त्यसैले ओली सुरक्षित जोनमा पुगिसकेका छैनन् । त्यसैले उनी शीलतनिवास धाउने वित्तिकै के पो वितण्डा मच्चिन लाग्यो भन्ने संत्राश राजनीतिक वृत्तमा छाउने गर्छ ।
आज पनि प्रधानमन्त्री ओली सखारै शीतलनिवास पुगेका थिए । उनले राष्ट्रपतिसँग लामै गुफ्तगु गरेका छन् । यद्यपि यो भेट नियमित रहेको ओली निकट स्रोतको दाबी छ । तर जानकारहरु भने ओलीले फेरिपनि कुनै षडयन्त्र रच्नकै लागि शीतलनिवास गुहारेको बताउँछन् । खासगरी प्रदेश १ र बाग्मती प्रदेश सरकार धर्मराएका बेला उनी कतै संकटकाल पो लगाउने तयारीमा हुन् की भन्ने संत्राश फैलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार