सर्वाेच्च अदालतकाे धम्कीपूर्ण भाषाप्रति पत्रकार महासंघको आपत्ति
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार २१:३:२९
४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतका न्यायधीशहरुसँग भेटेको समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमप्रति सर्वाेच्च अदालतले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघको सिन्धुपाल्चोकको हेलम्बुमा हिजो बसेको केन्द्रीय समिति बैठकले सर्वाेच्च अदालत जस्तो सम्मानित संस्थाले सञ्चारमाध्यमको नामै किटेर धम्कीपूर्ण भाषाको प्रयोग गरी विज्ञप्ति निकाल्नु आपत्तिजनका रहेको पनि ठहर गरेको छ
महासंघका महासचिव रमेश विष्टले भने – सर्वाेच्च अदालतले जारी गरेको विज्ञप्तिले प्रेस स्वतन्त्रता माथि नै हस्तक्षेप गरेको छ । सर्वाेच्चको विज्ञप्तिमा नेपालखबर र रातोपाटी डटकमको नामै उल्लेख गरी उनीहरुमाथि कारबाही गर्नेसमेत उल्लेख गरिएको छ । यो त प्रेस स्वन्त्रताविरुद्धको ठाडो हस्तक्षेप र मानमर्दन हो – विष्टले भने ।
गएको वुधबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा जारी सुनुवाईका क्रममा एकजना निवेदक समेत रहेकी निवर्तमान सांसद शशी श्रेष्ठले यस्तो समाचार प्रकाशित भएको भन्दै बेञ्चको ध्यानाकर्षण गराएकी थिइन् । यसबारे गएको शुक्रबार सर्वाेच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार