जुवाकाे खालमा प्रहरीकाे छापा, एक लाख रकम एसपीकै खोजीमा !
नेपालबहस संवाददाता
माघ ४, २०७७ सोमबार २:२२:४७
४ माघ, गोरखा । तपाई हामी सबैलाई थाहा छ प्रहरीको काम सुरक्षा दिने हो । प्रहरीले नागरिकको सुरक्षामा दिन रात नभनि खटिएको पनि हामीले देखेका छाैँ । तर कहिले काही तिनै सुरक्षा दिने प्रहरीबाट बदनाम नै खुल्ने खालका कामहरु पनि हुने गर्छ ।
यस्तै काम गोरखामा भएको छ । दशैँ तिहारको समयमा जुवाको खालबाट बरामद गरिएको एक लाख रुपैयाँ बढी रकम एसपीकै खोजीमा परेको खबर बाहिरिएकाे छ । दशैँ तिहारको समयमा इलाका प्रहरी कार्यालय जौवारीले करिव ६९ हजार रुपैयाँ जुवाको खालबाट बरामद गरेको थियो ।
उक्त रकम इन्चार्ज प्रहरी निरीक्षक ईश्वर लौडारीले तिहारलगत्तै जिल्ला प्रहरी कार्यालय पठाएका थिए । अहिले अनुसन्धान हुँदै गएपछि त्यो रकम जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले आफैंले राखेको खुलेको छ ।
त्यस्तै अनुसन्धान इलाका प्रहरी कार्यालय ठाटीपोखरीले बरामद गरेको करिब ५० हजार रुपैयाँ इन्चार्ज प्रहरी निरीक्षक सोमदास ढकालले पनि जिल्ला प्रहरी कार्यालय पठाए । तर दुवै ठाउँबाट बरामद भएको उक्त रकम हालसम्म राजश्वमा दाखिला भएको छैन ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालका अनुसार जुवाको खालबाट बरामद रकम जतिसक्दो चाडो राजश्वमा दाखिला गर्नुपर्छ । ‘जुवाको खालमा बरामद गरिएको रकम तुरुन्त राजश्वमा दाखिला गर्नुपर्छ, जुवाडेलाई मुद्धा चलाउनुपर्छ, होइन भने प्रहरी अधिकारीको बदनियत देखिएको छ ।
दशैँ तिहारको समयमा थुप्रै जुवाका खालमा प्रहरीले छापा मारेपनि असोज १ गतेदेखि मंसिर मसान्तसम्म जुवाका तीन वटा मात्र मुद्धा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तर दसैं तिहारको समयमा इप्रका ठाँटीपोखरी र जौवारी मातहतको विभिन्न क्षेत्रबाट पक्राउ परेका जुवाडेहरु विरुद्ध मुद्धा दर्ता पनि नभएको र जुवाको खालबाट बरामद गरिएको रकम पनि हालसम्म राजश्वमा दाखिला भएको छैनन । जिल्ला प्रहरी प्रमुख एसपी गुरुङले पनि हालसम्म त्यो रकम राजश्वमा दाखिला नगरेको स्वीकार गरेका छन् ।
स्मरणरहोस उपत्यकामा मात्रै गत दशैँमा ७ हजार ५ सय ५० जना प्रहरी परिचालन गरिएको थियो । यस्तै सादा पोसाक, मोबाइल गस्ती, मोटरसाइकल गस्तीसमेत गरिएको थियो । उपत्यकामा ५४ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ पनि राखिएको थियो । यस्तै २९ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको थियो
यस्तै दशैँ सुरक्षाका लागी प्रदेश १ मा ७ हजार ९ सय २२ जना प्रहरी खटाइएको थियो । प्रदेश २ मा ७ हजार ३ सय १० जना, बाग्मती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बाहेक ४ हजार १ सय ५३ जना प्रहरी खटाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार