आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनकाे तयारी शुरु
नेपालबहस संवाददाता
माघ ४, २०७७ सोमबार ३:४५:५९
४ माघ, खोटाङ । जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनका लागि तयारी शुरु गरेको छ । नेपाल सरकारले निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालय खोटाङले पनि तयारी शुरु गरेको हो ।
आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालयले आइतबार जिल्लास्थित सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनको तयारी शुरु गरेको जनाएको छ । कार्यक्रममा पुष ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावली दर्ता गराउनेको नामावली त्रुटि तथा दोहोरो भएमा सच्च्याउने र दाबी विरोध भए त्यसको निरुपण गर्ने गरी तयारी शुरु गरिएको जिल्ला निर्वाचन अधिकृत कोपिला राईले जानकारी दिए ।
यसका लागि माघ ५ गतेसम्म सहायक नामदर्ता अधिकृतको छनोट गर्ने, माघ ८ नियुक्ति गर्ने, माघ ११ नवनियुक्त सहायक नाम दर्ता अधिकृतलाई तालीम दिने, १५ सूचना प्रकाशन गर्ने, माघ १६ र १७ निवेदन संकलन गर्ने, माघ १८ र १९ गते निवेदनउपर निर्णय गर्नेलगायत कार्यक्रम रहेको निर्वाचन अधिकृत राईले जानकारी दिए ।
कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले निर्वाचनका लागि सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको बताए । उता, कार्यक्रममा सहभागी राजनीतिक दल तथा सरोकारवाला निकायले भने, तोकिएको मितिमा निर्वाचन नहुने बताएका छन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०कै एक समूह निर्वाचन गराउने र अर्को समूह विरोधमा रहेकाले सरकारले तोकेको मितिमा निर्वाचन सम्भव नरहेको सहभागीले बताएका हुन् ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ३३ हजार मतदाता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार