
५ माघ, काठमाडौं । आइतबारबाट डिशहोमको रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ सुरु हुँदैछ। डिशहोम च्यानल नं. १०२ मा उक्त मेला सुरु हुने भएको हो। हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ एपिसोडको हुने बताइएको छ। । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्ने जनाइएको छ । यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया