कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १७:४९:१३
५ पुष, जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ । कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।
संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको प्रकार ९स्ट्रेन० २० देशमा फैलिइसकेको बीबीसीले उल्लेख गरेको छ ।
केही समयअघि बेलायतमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा यो छिटो विस्तार हुने क्षमताका रहेको वैज्ञानिकहरूले जनाएका छन्, जसका कारण अफ्रिकी क्षेत्रमा चिन्ता थपिएको छ । त्यसैगरी, जापानमा पनि अधिकारीहरूले नयाँ प्रकारको भाइरस पत्ता लगाएका छन् ।
उनीहरूले चार जनामा त्यस्तो किसिमको भाइरसको संक्रमण पहिचान भएको जनाएका हुन् । ती मानिसहरू ब्राजिलमा संक्रमित भएर जापान पुगेका जनाइएको छ । त्यस्तै, स्पेनमा पनि भाइरसको नयाँ प्रकार पुष्टि भएको छ । नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ । नयाँ भाइरसमा देखिएको उत्परिवर्तनले यसका महत्त्वपूर्ण भागमा आमूल परिवर्तन ल्याइदिएको छ ।
प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा संक्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ । हालसालै विकसित गरिएका खोपहरूसमेत नयाँ प्रकारका लागि पनि प्रभावकारी हुने विज्ञहरूले जनाएका छन् । यद्यपि, आममानिसहरू यसप्रति विश्वस्त हुन नसकेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार