कामना सेवा विकास बैंकको आकर्षक नाफा:- सक्कली कि नक्कली ?
आर्थिक संवाददाता
माघ ५, २०७७ मंगलबार २:३:२
माघ ५, काठमाडौं । बिगतमा सबैभन्दा कमजोर विकास बैंकको रुपमा दर्ज भएको कामना सेवा विकास बैंकको खुद मुनाफामा आकर्षक वृद्धि देखिएको छ । यसैकारण दोश्रो बजारमा बैंकको शेयर मूल्यमा तीव्र रुपमा वृद्धि देखिएको छ ।
कोरोना माहामारीका कारण अधिकांश बैंकहरुले मुनाफा सुरक्षित गर्न नसकिरहेका बेला कामनाको छलाङलाई शंकाको रुपले हेर्न थालिएको छ । किनकी गैह्रबैकिङ मुनाफामा २१ करोड भन्दा बढीको छलाङ मारेपछि बैंकको कृत्तिम मुनाफा देखिएको हो । अर्थात बैंकिङ भाषामा यसलाई क्षणिक लाभको रुपमा हेर्ने गरिएको छ ।
बैंकले निक्षेप संकलन र ऋण लगानी आक्रमक रुपमा गरेपछि मात्र त्यो दिगो मुनाफाका रुपमा रहन्छ । यसलाई अर्को भाषामा आक्रमक व्यापार बृद्धि भएमात्र त्यसलाई कोर बैंकिङ मानिन्छ । तर बैंकले मुनाफा देखाउने होडबाजीमा ठूलो मात्रामा सरकारी बण्ड, शेयर बिक्री गरेको बैंकका सहायक सुचना अधिकारी घनश्याम ढुंगेलले स्वीकार गरेका छन् । गतबर्ष यही अवधिमा बैंकको गैह्रबैकिङ मुनाफा जम्मा १० लाख हाराहारीमा मात्र थियो ।
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा २० प्रतिशतको मात्र वृद्धि हुँदा बैंकको मुनाफा १६३ प्रतिशतले वृद्धि भएको देखाइएको छ । यसको पछाडी दुईवटा प्रमुख कारण रहेका छन् । पहिलो कारण भनेको गत वर्ष भन्दा अहिले जोखिमवापत व्यवस्था गर्नुपर्ने रकममा मौद्रिक नीतिका कारण भारीमात्रामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९ करोड ३५ लाख रुपैयाँ व्यवस्थापन गर्नु परेकोमा अहिले आएर २ करोड ४७ लाख मात्र व्यवस्थापन गर्नु परेको छ ।
त्यस्तै अर्को कारणमा कम्पनीको गैह्रसंचालन मुनाफाबाट ठूलो रकम आम्दानी गरेको छ । बैंकले गैह्रसंचालन मुनाफा शीर्षकमा २१ करोड २ लाख आम्दानी देखाएको छ । जसको कारणले मात्र कम्पनीको खुद मुनाफामा आकर्षक वृद्धि देखिएको हो । बैंकले आक्रमक व्यापार बृद्धि गरेर यो मुनाफा हासिल भएको होइन ।
बैंकका सहायक सुचना अधिकारी ढुंगेलका अनुसार कम्पनीले असोज मसान्तसम्ममा सरकारी ऋणपत्र बेचेर ठूलो रकम गैह्रसंचालन मुनाफाबाट प्राप्त गरेको र शेयरबजारमा लगानी गरेको सिस्टर कम्पनीको शेयरको मूल्यमा वृद्धि हुँदा पनि गैह्रसंचालन मुनाफामा वृद्धि देखिएको हो । तर कम्पनीले दोश्रो त्रैमाससम्म २१ करोड माथि गैह्रसंचालन मुनाफा गरेपनि कार्तिकदेखि पुष महिनासम्म भने गैह्रसंचालन मुनाफा १ करोड मुनि रहेको छ।
कामना सेवा विकास बैंक सञ्चालक र व्यवस्थापन समिति:
कामना सेवा विकास बैंकको अध्यक्षमा डिसहोमका सीईओ सुदीप आर्चाय रहेका छन् भने अन्य संचालकहरुमा भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी रहेका छन् र यस्तै प्रमुख कार्यकारी अधिकृतमा प्रवीण वस्नेत तथा डीजीएममा हरिप्रसाद लम्साल छन् ।
बैंकका ठुला शेयरधनी:
वि.स. २०७७ असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ० दशमलव ५ प्रतिशत भद्ना धेरै स्वामित्व रहेका २१ जना शेयरधनी रहेका छन् । जसमध्ये तुलसा पाण्डेको नाममा सर्वाधिक ५ लाख ३१ हजार कित्ता शेयर रहेको छ ।
कस्तो आयो दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले ३९ करोड ४८ हजार खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा विकास बैंकले १४ करोड ८५ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा १६३ प्रतिशतको मात्र वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा व्याज आम्दनानीमा २० प्रतिशतको वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ५७ करोड ४१ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ६८ करोड ८० लाख खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा भने २० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ६४ प्रतिशतले वृद्धि हुँदै ३४ करोड ६९ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले २१ करोड ११ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी ३० माथि:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा हुन आउँछ ।
नोट : माघ ५ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १३० रुपैयाँ आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ३८ अर्ब १८ करोड निक्षेप संकलन गरी ३१ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ७६/७७ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन २० प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि २० प्रतिशतले नै वृद्धि भएको छ ।
जगेडा कोष ३२ प्रतिशतले कम हुँदै ४९ करोड ५३ लाख पुगेको छ भने संचित मुनाफा २६ करोड ८९ लाख रुपैयाँ रहेको छ।
निस्क्रिय कर्जा एक प्रतिशत माथि :
कम्पनीको खराब कर्जा १ दशमलव ५९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा १ दशमलव ३७ प्रतिशत थियो ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही थोरै घट्दै ९ दशमलव ०६ प्रतिशत पुगेको छ ।
स्प्रेडदर ५ प्रतिशत भन्दा मुनि :
व्याजदर अन्तर ४ दशमलव ९९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ५ दशमलव ३३ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकको कारवाहीबाट बच्नका लागि मात्र यो बैंकले चलाखीपूर्वक स्पे्रडदर ५ प्रतिशत मुनि राख्न जबरजस्त प्रयास गरेको देखिन्छ ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात ९ गुणा :
कम्पनीको माघ ५ गतेको बजार मूल्य २९५ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ९ दशमलव ६१ गुणा आउँछ ।
निष्कर्ष :
कम्पनीले मुनाफामा आकर्षक वृद्धि गरेपनि कम्पनीले प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको खुद व्याज आम्दानीको वृद्धिबाट गरेको वृद्धि होइन । कम्पनीले गैह्रसंचालन मुनाफाबाट सो वृद्धि गरेको हो र यसमा जोखिमवापत गत आर्थिक वर्षको दोश्रो त्रैमासमा गरेको व्यवस्था भन्दा थोरै व्यवस्था गर्नु पनि एउटा अर्को कारण रहेको छ ।
गैह्रसंचालन मुनाफाले छोटो समयको लागि कम्पनीको वित्तीय अवस्था आकर्षक देखिए पनि अर्को आर्थिक वर्ष भने सोही अनुरुपमा वित्तीय विवरण पस्किन अप्ठेरो हुन्छ । कम्पनीको प्रथम त्रैमासमा गरेको गैह्रसंचालन मुनाफाको लाभ कम्पनीको चौथो त्रैमाससम्मको वित्तीय विवरणमा पर्ने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार