ओलीको सेटिङले ल्याएको तरंग
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १९:८:१
५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक वृत्तमा एउटा अंग्रेजी शब्द सेटिङको चर्चा बेस्सरी हुन थालेको छ । प्रतिनिधिसभा पुनस्थापना गर्न चौतर्फी दबाब परेको देखेका प्रधानमन्त्री ओलीले सुरुमा त्यति सिरियसली लिएनन् । तर जब यो विवादले सर्वाेच्च अदालतमा प्रवेश पायो, त्यसपछि भने ओलीको बोली अलि कडा हुन थाल्यो ।
संविधानमा कतै पनि विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क वितर्कले घेर्न थालेपछि ओलीले फेरि अर्काे फण्डा फाले सेटिङको ।आफूलाई भेट्न आउने कतिपय नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीले आश्वस्त पार्दै भन्ने गर्दथे– ढुक्क भएर चुनावको तयारी गर्नू । बैशाखमा चुनाव भइछाड्छ ।
कतिपय नेताकार्यकर्ताले ओलीको बोली पत्याउने आधार देखेनन् । त्यसपछि ओलीले यसको रहष्य खोल्दै भने– तपाईंहरु ढुक्क हुनोस्, मैले सेटिङ मिलाइ सकेको छु । सर्वाेच्चले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्गठन गर्दैन । साथै, निर्वाचन आयोगले पनि पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य हामीलाई नै दिनेछ । त्यसको सेटिङ भइसकेको छ ।
ओलीले यस्तो भनेको खबर एकाएक आमसञ्चार माध्यममा बग्रेल्ती आए । त्यसपछि राजनीतिक क्षेत्रमा सेटिङ शव्दले ठूलो अर्थ राख्न थाल्यो । हुँदाहुँदा नागरिक समाजका अगुवाहरुसमेत यो सबै काम सेटिङबाटै भएको बताउन थालेका छन् । केही दिन अघि मात्रै एउटा सार्वजनिक कार्यक्रममा बोल्दै अगुवा खगेन्द्र संग्रौलाले भनेका थिए–ओलीले यत्रो अपराध त्यतिकै गरेका छैनन् । उनले सबैतिर सेटिङ मिलाएर नै प्रतिनिधिसभा भंग गरेका हुन्, त्यसैले अब देश अँध्यारो सुरुङमा पस्यो , अब कता पुगिने हो ओलीलाई पनि थाहा छैन– उनले भने ।
ओलीसँग छुट्टिएका नेकपाकै नेताले मात्रै होइन, प्रतिपक्षी दलका नेताहरुसमेत सेटिङको भूतबाट तर्सिएका छन् । युवा नेता गगन थापाले पनि यस्तै आशय प्रकट गरेका छन् । उनले माघ ३ गते राजधानीमै आयोजित कार्यक्रमा भनेका थिए–प्रधानमन्त्रीले सबैतिर सेटिङ मिलाएको हल्ला छ, त्यो असत्य हो भन्ने प्रमाणित गर्ने काम अब सर्वाेच्च र निर्वाचन आयोगकै पदाधिकारीको हो ।
ओलीको सेटिङको चर्चा यतिमा मात्रै सीमित रहेन । अहिले यो शब्दले सबैभन्दा बढी झस्काएको छ –पुष्पकम लदाहाल ‘प्रचण्ड’ – माधवकुमार नेपाल खेमालाई । कतै ओलीले सेटिङ नै मिलाएर संसद भत्काएका हुन् भने त आफ्नो अस्तित्व समेत संकटमा पर्ने उनीहरुको ठम्याई छ । त्यसैले हिजो आज नेताहरु प्रत्येक कार्यक्रममा सेटिङका बारेमा चर्चा परिचर्चा गर्न थालेका छन् । हिजैमात्र एउटा कार्यक्रममा प्रचण्डले भने–सुन्दैछु ओलीजीले सर्वाेच्च अदालत र निर्वाचन आयोगमा सेटिङ मिलाइसकेका छन् रे । त्यसो भए हामी ननभेज आन्दोलनको लागि तयार हुनुपर्ने भयो ।
अर्का अध्यक्ष नेपालले पनि यस्तै संशय व्यक्त गरिसकेका छन् । उनले पुष २८ गते पोखरामा आयोजित कार्यकर्ता भेलामा भनेका थिए–केपी ओलीले सर्वाेच्च र निर्वाचन आयोगमा सेटिङ मिलाएको छु भनेका रहेछन्, तर नेपालको न्यायलय र संवैधानिक आयोग सेटिङबाट चल्नेवाला छैन । अध्यक्ष नेपालले यसो भनिरहँदा उनीभित्रको त्राश र भयचाहिं प्रष्टै झल्कन्थ्यो । कतै साँच्चै पो सेटिङ मिलाएका त होइनन् ? भन्ने संत्राश उनको मनमान भएको होइन ।
राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन् – सेटिङ नै गरेर ओली अगाडि बढेको भएपनि अब उनी कमजोर भइसके । आफूलाई जन्माउने प्रतिनिधिसभा नै मार्ने प्रधानमन्त्री र राष्ट्रपति अब अरुको भर परेका छन् । हिजोसम्म आफ्नो हातमा रहेको शक्ति विघटनपछि अर्काको हातमा पुगेको छ ।
यस्तै प्रचण्ड–माधव समूहकै नेता नारायणकाजी श्रेष्ठले पनि यस्तै भाषण गरेका छन् । उनले काठमाडौंमा आयोजित बुद्धिजीवी भेलामा भनेका थिए–ओलीले सबैतिर सेटिङ मिलाएका छन् रे , सबै निकायले हिम्मतका साथ इमान्दारी प्रदर्शन गर्नुपर्ने बेला आएको छ । ओलीसँग छुट्टिएका नेकपाकै नेताले मात्रै होइन, प्रतिपक्षी दलका नेताहरुसमेत सेटिङको भूतबाट तर्सिएका छन् । युवा नेता गगन थापाले पनि यस्तै आशय प्रकट गरेका छन् । उनले माघ ३ गते राजधानीमै आयोजित कार्यक्रमा भनेका थिए–प्रधानमन्त्रीले सबैतिर सेटिङ मिलाएको हल्ला छ, त्यो असत्य हो भन्ने प्रमाणित गर्ने काम अब सर्वाेच्च र निर्वाचन आयोगकै पदाधिकारीको हो ।
यति मात्र होइन, जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलेसमेत ओलीको सेटिङ ले नेपाली राजनीतिक वृत्त तरंगित भएको उल्लेख गरे । राज्यका सबै अंगहरु सेटिङमा चल्छन् भन्ने भ्रम सिर्जना गर्ने ओलीलाई अब राजनीतिबाटै लघार्नु पर्ने तर्क गरे । यसरी हेर्दा ओलीको सेटिङले नेपाली राजनीतिलाई खल्बल्याइ दिएको छ । जसले गर्दा सर्वसाधणमा समेत ए साँच्चै पो हो की भन्ने भ्रम सिर्जना भएको छ ।
ओलीले सेटिङ नै गरेर प्रतिनिधिसभा विघटन गरेको भए अब पुनस्थापना हुने सम्भावना नरहेको मनोबैज्ञानिक प्रभाव पर्न थालेको देखिन्छ । यसबारे राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन् – सेटिङ नै गरेर ओली अगाडि बढेको भएपनि अब उनी कमजोर भइसके । आफूलाई जन्माउने प्रतिनिधिसभा नै मार्ने प्रधानमन्त्री र राष्ट्रपति अब अरुको भर परेका छन् । हिजोसम्म आफ्नो हातमा रहेको शक्ति विघटनपछि अर्काको हातमा पुगेको छ । अब सर्वाेच्च वा जनता दुई पक्षले मात्रै ओलीको भविष्य निर्धारण गर्ने अवस्थाआएको छ । त्यसैले ओलीले सेटिङबाटै यस्तो कुकर्म गरेको भएपनि अब उनी कमजोर भइसके –खनालको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार