उचित तलबको व्यवस्था नहुँदा स्वयंसेविकालाई समस्या
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १९:७:२५
५ माघ, पाल्पा । काम गरेअनुसारको सेवासुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७७/०७८ को पुससम्म कुनै पनि सुविधा नपाएको उनीहरुको गुनासो छ । कामअनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाइन् ।
“यातायात खर्च तथा सञ्चार खर्चसमेत आफैँ गर्नुपर्ने बाध्यता छ, महिना–महिनामा प्रतिवेदन बुझाउनुपर्छ, महिनामा एक हजार सुविधा मात्र पाइन्छ”, उनले भनिन् ।
दैनिक एक दुई घण्टा पैदल हिँडेर सेवा प्रदान गर्दै आए पनि सेवासुविधाको अभाव रहेको उनको भनाइ छ । ग्रामीण बस्तीमा दिनभरी हिँडेर काम गरे पनि पुरस्कार पाउने बेला स्वास्थ्यकर्मीले मात्रै पाउने गरेको स्वयंसेविकाको गुनासो छ । महिनाभरी काम गरे पनि यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा स्वयंसेविकालाई आर्थिक समस्या भएको उनले बताइन् ।
सुविधाका नाममा पोशाक खर्च रु १० हजार, मासिक एक हजार सुविधा भए पनि चालू आर्थिक वर्षको पुस महिनासम्मको कुनै पनि सुविधा नपाएकोे स्वयंसेविकाको गुनासो छ । स्वयंसेविकाले प्रत्येक महिना आमा समूहको बैठक सहजीकरण गर्ने, गाउँघर क्लिनिक, खोप क्लिनिक, हजार दिनका आमा आइरन चक्की, बालबालिकालाई बालभिटा, जीवनजललगायतका सुविधा प्रदान गर्दै आएको अर्की स्वयंसेविका मीना थापाले बताइन् ।
महिला गर्भवती भएको चार महिनापछि स्वास्थ्य चौकीमा परीक्षणका लागि जान स्वयंसेविकाले परामर्श दिन्छन् । हजार दिनका आमाका लागि पोषणयुक्त आहारा कसरी खाने, कसरी शिशुलाई आहारा खुवाउने भन्ने विषयमा समेत परामर्श प्रदान गर्र्दै आएको उनी बताउछिन् ।
स्वयंसेविका थापाका अनुसार पालिकामा दुई वर्षदेखि आधारतभूत तालीमको समेत व्यवस्था हुन सकेको छैन । स्वयंसेविकाले मासिक तलबको व्यवस्था गरी काम गर्ने हौसला प्रदान माग गरेका छन् । गाउँपालिकाभित्र ७२ स्वास्थ्य स्वयंसेविका छन् ।
रिब्दीकोट गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिल अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाले सङ्घीय सरकारको सहयोगमा यातायात खर्चबापत वार्षिक रु छ हजार र गाउँपालिकाको छ हजार गरी वार्षिक १२ हजार प्रदान गरिने गरेको बताए । नेपाल सरकारद्वारा सञ्चालित भिटामिन तथा पोलियो खुवाउने कार्यक्रममा दैनिक रु ४०० यातायात भत्ता उपलब्ध हुँदै आएको उनले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रममा पनि ५० प्रतिशत रकममा गाउँपालिकाले सहयोग गर्दै आएको बताइएको छ ।
रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्वास्थ्य स्वंयसेविका प्रदेश सरकारले वार्षिक रु तीन हजार र गाउँपालिकाबाट रु नौ हजार प्रदान गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार