पहिला संविधान जोगाउँ अनि चुनावः पौडेल
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार २०:९:३४
५ माघ,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएको घटनालाई प्रमुखप्रतिपक्षीदल नेपाली कांग्रेसले असंवैधानिक घोषित गरिसकेकोछ । तर ओलीको सिफारिश बमोजिम प्रस्तावित वैशाख १७ र २७गतेको निर्वाचनमा भाग लिने वा नलिने भन्नेमा चाहिं भिन्नमत राख्ने अवस्थामा जकडिएको छ ।
पार्टी सभापतिसमेत रहेका शेरबहादुुर देउवा पक्षधरहरु भने असंवैधानिक भएपनि सडक संघर्षभन्दा सर्वाेच्चको आदेश पर्खन र जस्तोसुकै अवस्थमा पनि चुनावका लागि तयार रहन तयार छ । उता, असन्तुष्ट पक्षभने अहिले चुनावभन्दा संविधानको रक्षा महत्वपूर्ण र लोकतन्त्रको मर्म माथिको प्रहार सच्चिनुपर्ने पक्षमा दृढ देखिएको छ । यो पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल गरिरहेका छन् ।
उनी सत्ताभन्दा प्रणाली पहिलो प्राथमिकतामा हुनुपर्ने भन्दै अहिले संविधानको चीरहरण भएकाले त्यसलाई जोगाउने दायित्व कांग्रेसले निर्वाह गर्नुपर्ने धारणाको नेतृत्व गरिरहेका छन् । आजै पनि वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् । संविधान जोगाएर मात्रै हामी निर्वाचनमा जानुपर्छ भन्दै नेता पौडेलले फेसबुक पेजमा लेखेका छन् –प्रतिनिधिसभा विघटनपछि संविधान र लोकतन्त्र दुबै डिरेल भएका छन्,त्यसैले लोकतन्त्र र संविधानको रक्षा गरेपछि मात्रै चुनावमा जानुपर्छ ।
लोकतन्त्रको चीर हरण हुँदा कांग्रेस चूपलागेर बस्न हुँदैन भन्दै नेता पौडेलले लेखेका छन्–७० वर्ष लगाएर लेखिएको संविधानमा व्यापक छलफलपछि राखिएको व्यवस्था तीनवर्ष नपुग्दै उल्लघंन भएकोछ, यसले संविधान नै औचित्यहिन बनाउन सक्छ ।
यस्तो गलत प्रकृया र प्रवृत्तिलाई कांग्रेसले रोक्नुपर्छ । जनताको मतलाई लातहान्ने अनि फेरि जनतासँग मत लिन जाने भन्ने कुरा कुनैपनि अर्थमा जायज हुन सक्दैन भन्दै नेता पौडेलले अहिलेको अवस्थामा प्रतिनिधिसभा पुनस्थापनाको विकल्प नरहेको प्रष्ट्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार