दुई करोड ७९ लाख लागतमा चरीघ्याङ गुम्बा पुनःनिर्माण सम्पन्न
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार २०:३८:३४
५ माघ, भीमेश्वर । भीमेश्वर नगरपालिका– ३ मा अवस्थित बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्र ऐतिहासिक चरीघ्याङ गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले गुम्बा भत्किएको थियो । पुरातत्व विभागको दुई करोड ७९ लाखमा रुपैयाँको लागतमा गुम्बा पुनःनिर्माण भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पाल्साङ लामाले जानकारी दिए ।
उनका अनुसार गुम्बा तुलसी कन्ट्रक्सन भक्तपुरले निर्माण सम्पन्न गरेको हो । ऐतिहासिक एवं पुरातात्विक महत्वको सूचीमा पर्ने यस गुम्बाको पूर्ण निर्माण पुरानै शैलीमा गरिएको छ । गुम्बा निर्माणमा चुना सुर्ती प्रयोग गरी निर्माण गरेका छन् । सालको काठमा विभिन्न थरीको बुट्टा राखी कलात्माक शैलीमा गुम्बा निर्माण भएका छन् ।
यस गुम्बा १६७८ सालमा तत्कालीन राजाले लालमोहोर प्रदान गरेको स्थानीय वृद्ध बताउँछन् । उनका अनुसार १८१८ सालको फागुन ९ गते तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रचीन सूचीमा सूचीकृत गर्न लगाइएको इतिहासमा उल्लेख छ ।
जिल्लासदरमुकाम नजिक रहेकाले गर्दा प्रमुख गन्तव्य तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने स्थानीय बताउँछन् । यस गुम्बाबाट रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत रहेको गौरीशङ्कर हिमाल, शैलुङडाँडा, तामाकोशी नदी, सिन्धुलीगढी, खरिढुङ्गा, कालिञ्चोकलगायतका अन्य क्षेत्रको अवलोकन गर्न सकिन्छ ।
यसका साथै बिहानीपखमा तीन हजार मिटरभन्दामाथि अग्ला पहाडको अवलोकन गरी मनोरञ्जन लिन सकिन्छ । दोलखा घुम्न आउने पर्यटक एकपटक चरीघ्याङ गुम्बा पुग्ने गरेको होटल व्यवसायी चन्द्रकुमार तामाङले बताएका छन् ।गुम्बा निर्माणपछि लामा, स्थानीय, पुजारी सबै खुशी भएका छन् । भीमेश्वर नगरपालिकाले चालू आर्थिक वर्षमा आन्तरिक बजेट खर्चबाट गुम्बालाई तारबार गरेकाले निकै आकर्षित देखिएको नगरपालिका प्रमुख भरत केसीले बताए ।
यस गुम्बा जिल्लाकै पहिलो गुम्बा भएको स्थानीयको भनाइ रहेको छ भने लामाको पुस्तक ९छोई० अनुसार यस गुम्बामा निकै महत्वपूर्ण लामा पुस्तक तथा मूर्तिको भएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार