ओलीलाई हटाउने छौंः नेपाल
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार २१:०:४३
५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली मैमत्त भएकाले अब भने उनलाई पार्टी सदस्यबाट समेत हटाउने तयारी रहेको बताएका छन् । आज राजधानीमा आयोजित अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई संवोधन गर्दै अध्यक्ष नेपालले ओलीको तानाशाह र निरंकुश प्रवृत्ति नहटेकाले अबभने आजै अन्तिम स्पष्टीकरण सोधिने जानकारी दिए ।
केपी ओली कम्युनिष्ट हुन लायकका व्यक्ति नै नभएकाले अब उनलाई पार्टीको सदस्यबाट नै हटाउनुपर्ने अवस्था आएको बताउँदै अध्यक्ष नेपालले पार्टीको विधान उल्लंघन गर्ने अनुशासनहिन व्यक्तिलाई अब बोकि रहन नसकिने प्रष्ट पारे ।
अध्यक्षबाट हटाएपनि केन्द्रीय सदस्य राखेकै थियौं , तर उनको मैमत्तचाल अझै अचाक्ली भयो, जथाभावी बोल्दै हिंड्न थाले त्यसैले पार्टीबाटै निष्काश नगर्न वाध्य भएका छौं–अध्यक्ष नेपालले भने । रुसी गोर्भाचोभको नेपाली संस्करणका रुपमा चित्रण गर्दै अध्यक्ष नेपालले भने –केपी ओली नामको नालायक व्यक्ति नेपाली कम्युनिष्ट आन्दोलनमा देखिने लज्जा र घृणाको विषय हो, त्यसलाई अबभने सुधार गर्नैपर्ने भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार