यस वर्ष नयाँ दुईसहित ५३ प्रजातिका पानी चरा भेटिए
नेपालबहस संवाददाता
माघ ५, २०७७ मंगलबार १:१३:५२
५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नयाँ दुई प्रजातिका चरा भेटिएका छन् । ती चराहरु अघिल्ला वर्षहरुमा भेटिएका थिएनन् । बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार यस वर्ष भेटिएका चरामा डोनलिन र नर्थेन ल्याकुन रहेका छन् ।
डोनलिन माडीको रिउ खोला र ल्याकुन दिव्यनगरको फार्मल्याण्डमा भेटिएको उनले जानकारी दिए । गत वर्ष देखिएका चार प्रजातिका चरा भने यस वर्ष देखिएनन् । यस वर्ष नयाँ दुईसहित ५३ प्रजातिका पानी चरा भेटिएका हुन् । गत वर्ष ५७ प्रजातिका चरा भेटिएका थिए ।
यस्तै गत वर्ष भेटिएका एभोसेट, हुग्लिगल, उटस्यान्ट पाइपर, ग्रेल्याकुम, प्यासिफिक गल्डेन प्लोओर र ब्ल्याक हेडेड इडिस भने यस वर्ष नभेटिएको बिडारीले बताए। यस क्षेत्रमा १६० प्रजातिका पानी चरा भेटिने गरेको तथ्याङ्क छ ।
हाल भेटिएका नयाँ चरा पनि अघिल्ला वर्षहरुमा भेटिएका चरामा पर्दछन् । नेपालमा पानी र बाहिर क्षेत्रमा गरी कूल ८८७ प्रजातिका चरा पाइन्छन् । तीमध्ये चितवन मात्रै ६४१ प्रजातिका चरा पाइन्छन् ।
नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढ्यो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार