दिक्तेल–काठमाडौं फोटन माइक्रो भ्यान सेवा शुरु
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार २१:३८:२९
६ माघ, खोटाङ । सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौँं फोटन माइक्रो भ्यान सेवा शुरु गरेको छ । बस तथा जीप सेवा प्रदान गर्दै आएको यातायात प्रालिले आज दिक्तेल बजारस्थित होटल शुभदिनमा औपचारिक कार्यक्रम गरेर दिक्तेल–काडमाडौं फोटन माइक्रो भ्यान सेवा शुरु गरेको हो ।
सर्वसाधारणलाई सुलभ र भरपर्दो यातायात सेवा दिन खोटाङमा पहिलो पटक १९ सिटको सुपर फोटन माइक्रो भ्यान सेवा सञ्चालन गरिएको प्रालिका अध्यक्ष आइतलक्ष्मी राईले बताए । “पहिलो चरणमा फुडन कम्पनीका दश वटा सुपर फोटन माइक्रो भ्यान सेवा सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “स्वच्छ प्रतिस्पर्धालाई आत्मसाथ गर्दै आम यात्रुलाई गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौँ ।”
सुपर फोटन माइक्रो भ्यान सवारी साधानमा हिटर, कुलरसँगै जीपिएल सिष्टम, एलसिडी मनिटरलगायतका सुविधा रहेको यातायात प्रालिका अध्यक्ष राईले जानकारी दिए । माघ ७ गते अर्थात भोलिदेखि दिक्तेलबाट दैनिक बिहान ६ बजे र काठमाडौंबाट पनि बिहान ६ बजे फोटन माइक्रो भ्यान छुट्ने जनाइएको छ ।
दिक्तेल–काठमाडौँ तथा काठमाडौं–दिक्तेलको एकतर्फी भाडा प्रतिव्यक्ति रु एक हजार ६०० निर्धारण गरिएको जनाइएको छ । दिक्तेल–काठमाडौं तथा काठमाडौं–दिक्तेलको एकतर्फी भाडा जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिव्यक्ति जीपमा रु एक हजार ४५० र बसमा रु एक हजार २०० निर्धारण गरिएको छ ।
भौगोलिक चुनौती रहेको भए पनि यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने प्रालिले कार्ययोजना बनाइरहेको अध्यक्ष राईले जानकारी दिए । जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याइएको फोटन माइक्रो भ्यान सेवा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले रिबन काटेर औपचारिक रूपमा उद्घाटन गरे ।
सो अवसरमा उनले माइक्रो भ्यान सेवा सञ्चालनमा नगरपालिकाको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगमा कुनै कमी नहुने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायमा प्रमुख तथा यातायात व्यवसायीको उपस्थिति रहेको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा दर्जनभन्दा बढी यातायात प्रालिद्वारा सञ्चालित सयौँको सङ्ख्यामा बस तथा जीप सेवा सञ्चालनमा छन् । मध्यपहाडी लोकमार्गले छोएको खोटाङ जिल्लाबाट राजधानी काठमाडौं तथा तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवा जोडिएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्रको काम भर्खरै मात्र सम्पन्न भएर सञ्चालनमा आएको जिल्लामा पछिल्लो समय यातायात व्यवसायीबीच कडा प्रतिस्पर्धा भएको छ । यातायात व्यवसायीबीच एक अर्कामा प्रतिस्पर्धा हुँदा यात्रा गर्ने सर्वसाधारणलाई भने सहज भएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम सकिएन
बैशाख ९, २०८१ आइतबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियार कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार