बाइडनको शपथग्रहणकाे तयारी पुरा, २५ हजार सुरक्षाकर्मी परिचालन
नेपालबहस संवाददाता
माघ ६, २०७७ बुधबार ०:३३:१८
६ माघ, एजेन्सी । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले मंगलबार राति राष्ट्रपतिको रुपमा शपथग्रहण गर्दैछन् । अमेरिकाको वासिङटन डीसीमा त्यसको तयारी पनि भइरहेको छ । शपथग्रहण समारोहमा कुनै किसिमको अप्रिय घटना हुन नदिन यसपटक सुरक्षा व्यवस्था निकै चुस्त बनाइएको छ ।
सुरक्षा व्यवस्था कायम गराउन २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्तरिक आक्रमणकारीहरुबाटै आक्रमण हुने आशंकासहित सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएकाे छ ।
यद्यपि बाइडनको शपथग्रहण भने यसअघिका राष्ट्रपतिको जस्तो नहुने भएको छ । यसअघिका राष्ट्रपतिको शपथग्रहणमा हजारौं मानिसहरु उपस्थित हुने गरेका थिए । यसपटक महामारीका कारण भिडमा लगाइएको प्रतिबन्धको कारण शपथग्रहण समारोहमा उनीहरु उपस्थित हुन नपाउने भएका हुन् ।
मंगलबार राति हुने बाइडनको शपथग्रहण समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प भने उपस्थित नहुने सम्भावना बढी छ । आगामी राष्ट्रपतिको शपथग्रहणमा वर्तमान राष्ट्रपति सहभागी नभएको अमेरिकाको १५० वर्षको इतिहासमा यो पहिलो हुनेछ ।
यसअघि जनवरी ६ मा अमेरिकाको संसद भजन यूएस क्यापिटलमा भित्र बैठक बसिरहेको अवस्थामा ट्रम्पका समर्थकहरुले हिंसात्मक प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा एक प्रहरीसहित पाँचजनाको मृत्यु भएको थियो ।
बाइडनको शपथग्रहण हुने नेशनल मल अगाडि दुई लाख अमेरिकी झण्डा गाडिएको छ । शपथग्रहण समारोहमा कविता वाचनको पनि कार्यक्रम राखिएको छ । यो कविता वाचन ‘निष्ठा र विश्वास’ को कामनाको लागि हुनेछ । लेडी गागाले अमेरिकाको राष्ट्रिय गान गाउनेछिन् र जेनिफर लोपेजले सांगीतिक प्रस्तुति पनि दिनेछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार