शनिबार , फागुण २२, २०७७

राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु

राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु

७ माघ ,काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ । पहिलोपटक बृहत्रूपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । उद्घाटनपछिका खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् । एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुनलागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न पाएको थिएन । यसपटकको महिला लिगमा सहभागी टोलीले चार विदेशी खेलाडीसमेत राख्न पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख, दोस्रोले रु आठ लाख, तेस्रोले रु पाँच लाख तथा चौथो हुनेले रु तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सर्वाङ्गीण विकासका लागि बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता सर्वाङ्गीण विकासका लागि बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता ६ घण्टा पहिले
ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह ३ घण्टा पहिले
स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग सङ्कटमा ६ घण्टा पहिले
किरणको चट्ट कपाल कोरेर सार्वजनिक, कम्मेन्ट गरे आकर्षक पुरस्कार ! किरणको चट्ट कपाल कोरेर सार्वजनिक, कम्मेन्ट गरे आकर्षक पुरस्कार ! १३ घण्टा पहिले
प्रमोदको म भन्दा नि २ को अफिसियल भिडियो सार्वजनिक प्रमोदको म भन्दा नि २ को अफिसियल भिडियो सार्वजनिक १३ घण्टा पहिले
इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास इसायी धर्मगुरु पोपद्धारा इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयास ४ घण्टा पहिले
मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन : देउवा मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन : देउवा ६ घण्टा पहिले
चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो ४ घण्टा पहिले