नेकपा: दुवै खेमाको तानातानमा कांग्रेस
कुसुम सेञ्चुरी
माघ ७, २०७७ बुधबार १९:४८:५९
७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अनिर्णय र अन्योलले नेकपा भित्रको अन्तरद्धन्द्धले पनि कुनै निकास नपाउने अवस्था देखिएको छ । प्रदेश नं. १ र बाग्मती प्रदेशमा मुख्यमन्त्रीहरु विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव के होला भन्ने अन्योल यथावत छ ।
केन्द्रमा विभाजित भएको देखिएपनि कानूनी रुपमा भने नेकपा अझै सग्लै छ भन्ने कांग्रेसको ठम्याइ रहेकाले निरपेक्ष रुपमा आफूलाई राख्न खोजेको देखिन्छ । यद्यपि विभाजित भनिएका नेकपाका दुबै समूहले कांग्रेसको साथ र समर्थन खोजेका छन् । दुबै समूहले एउटा प्रदेशको मुख्यमन्त्रीसहित सत्ता साझेदारी गर्न अनौपचारिक रुपमा प्रस्ताव नै गरेका छन् । तर केन्द्रले कुनै ठोस नीति नबनाएकाले प्रदेशसभाका नेताहरु अन्योलमा देखिएका छन् ।
खासगरी कांग्रेसभित्रको दुई धारले यो प्रकरणलाई समेत गाँजेको देखिन्छ । पार्टी सभापति शेरबहादुर देउवा सकेसम्म प्रधानमन्त्री केपी ओलीसँग नै सत्ता साझेदारी गर्न उत्सुक देखिएका छन् , जबकी असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेललगायत कृष्णप्रसाद सिटौला भने अहिलको अवस्थामा ओलीसँग सत्ता यात्रा गर्दा नराम्रो सन्देश जाने भन्दै बरु प्रचण्ड–माधव समूहसँग नै सहकार्य गर्नु प्राकृतिक हुने धारणा राख्छन् ।
यही सन्दर्भमा कुरा गर्न अस्ती दिउँसो सभापति देउवा वरिष्ठ नेता पौडेल निवास बोहराटार गएका थिए । करिब डेढ घण्टा लामो छलफलका क्रममा देउवाले यो विषयमा सम्बन्धित प्रदेशसभालाई नै सर्वाधिकार दिंदा सही हुने धारणा राखेका थिए । तर वरिष्ठ नेता पौडेल भने प्रदेशसभा संसदीय दललाई त्यस्तो अधिकार दिंदा भाँडभैलो हुन सक्ने भन्दै केन्द्रले नै नीति बनाएर निर्णय गर्नुपर्ने राय दिएका थिए ।
स्रोत भन्छ–सभापति देउवा ओलीसँग गठबन्धन बनाएर प्रदेश नं. १ मा शेरधनलाई कायमै राख्ने र बाग्मती प्रदेशमा ओलीको समर्थनमा इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने पक्षमा छन् । तर पौडेल पक्ष भने त्यो काम गैर राजनीतिक हुने भन्दै बरु गठबन्धन बनाउने नै भए प्रचण्ड–माधव पक्षसँग गरौं भन्नेमा उभिएका छन् ।
आजबाट प्रदेश नं. १ को अधिवेशन सुरु भएको छ । यो अधिवेशनको प्राथमिक काम भनेकै अविश्वास प्रस्तावबारे टुंगो लगाउने हो । अहिलेको अंक गणित हेर्दा प्रचण्ड – माधव पक्षकै बढी संख्या भएपनि एक्लै सरकार बदल्ने हैसियत राखेको देखिंदैन । त्यसैले सरकार हटाउन र नयाँ सरकार बनाउन समेत कांग्रेसको सहयोग आवश्यक देखिएको छ । त्यसका लागि दुबै पक्षले कांग्रेससँग प्रस्ताव गरेका छन् ।
स्रोत भन्छ–सभापति देउवा ओलीसँग गठबन्धन बनाएर प्रदेश नं. १ मा शेरधनलाई कायमै राख्ने र बाग्मती प्रदेशमा ओलीको समर्थनमा इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने पक्षमा छन् । तर पौडेल पक्ष भने त्यो काम गैर राजनीतिक हुने भन्दै बरु गठबन्धन बनाउने नै भए प्रचण्ड–माधव पक्षसँग गरौं भन्नेमा उभिएका छन् । यस्तो गठबन्धन बन्दा प्रदेश नं. १ मा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मुख्यमन्त्री बनाउन सकिने र बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई सहयोग गर्नुपर्ने हुन्छ ।
यही विषयमा सहमति नजुट्दा नेकपा सरकार तत्कालै विस्थापित हुने अवस्था देखिएको छैन । नेकपा औपचारिक रुपमा विभाजित भैसकेको छैन , त्यसैले पनि कांग्रेसलाई ठोस निर्णय गर्न अफ्ठेरो परेको बुझ्न सकिन्छ । आजै पनि प्रचण्डले प्रतिनिधिसभा पुनस्थापना हुने ठोकुवा गर्दै त्यसपछि देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन आफ्नो सहयोग रहने वचन दिएका छन् ।
राजधानीमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तक्रिया कार्यक्रममा प्रचण्डले ओलीतन्त्रबाट देशलाई मुक्त गर्न कांग्रेससँग मिलेर संविधान र लोकतन्त्रको रक्षा गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । यसरी नेकपाका दुबै खेमाको तानातानमा परेको नेपाली कांग्रेसले आफ्नो पोजिसन क्लियर गर्न नसक्दा राजनीतिक अस्थिरता र अन्योल अझै थपिने आशंका गर्न सकिन्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार