
७ माघ, बुटवल । रुपन्देहीमा शरीरमा मट्टितेल खन्याएर युवकको जलाएर हत्या भएकाे छ । जिल्लाकाे मर्चवारमा एक युवकको जलाएर हत्या भएको हाे । प्रहरीका अनुसार हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुष हुन्, उनकाे सनाखत हुन बाँकी रहेकाे छ ।
मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरीले जनाएकाे छ ।
घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया