बिहिबार , फागुण १३, २०७७

यी १० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि

यी १० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि

७ माघ, काठमाडौं ।  बुधवार माघ ७ गते, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबारमा आएका २०७ ओटा कम्पनीमध्ये  १० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।

नेप्सेमा वेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेण्ट बैंक, नेपाल फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यी १० ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक भएकाले शेयरमूल्य बढेको हो । सबैभन्दा बढी वेष्ट फाइनान्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत, सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव ८८ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८७ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ७६ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ७५ प्रतिशतका दरले वृद्धि भएको छ ।

पछिल्लो समय बजार बढेसँगै लगानीकर्ताहरुले कम शेयरमूल्य भएका कम्पनीहरुको शेयर खरीद गरिरहेका छन् भने कतिपयले हकप्रद शेयरको लोभले खरीद गरिरहेका छन् ।

NE

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय