प्रदेशसभाबारे देउवाले थाले परामर्श
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २०:३२:५
७ माघ, काठमाडौं । नेकपाको दुबै खेमाको तानातानमा रहेको नेपाली कांग्रेसले अब भने प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा ठोस धारणा बनाउने भएको छ । यस प्रयोजनका लागि सभापति शेरबहादुर देउवाले घनिभूत छलफल अगाडि बढाएका छन् । प्रदेश नं.१ र बाग्मती प्रदेशसभामा नेकपाकै प्रचण्ड–माधव समूहले ओली समूहका मुख्यमन्त्रीहरु विरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन् ।
दुबै प्रदेशमा कांग्रेस निर्णायक अवस्थामा रहेकाले अब निकास दिनका लागि अग्रसर हुनु पर्ने भन्दै सबैतिरबाट दबाब आइरहेकाले सभापति देउवा अग्रसर भएका हुन् । आज देउवाले प्रदेश नं.१ का नेताहरुलाई बोलाएर छलफल गरेका छन् । प्रदेश नं. १ बाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरु सहभागी उक्त छलफलमा सहभागीहरुले एउटै धारणा राखेनन् ।
मूलतः तीन किसिमका प्रस्ताव आएको छ–छलफलमा सहभागी एक नेताले भने – अविश्वास प्रस्तावमा तटस्थ बस्ने, प्रस्तावको पक्षमा मतदान गर्ने वा हरेक प्रदेशलाई निर्णय गर्ने अधिकार दिने । यसबारे पनि पार्टी भित्रको दुई धार नै देखापरेको छ– उनले भने अब निर्णय गर्ने अधिकार भने सभापतिलाई नै छाडेका छौं । पार्टी सभापति पक्षका नेताहरुले तटस्थ बस्नुपर्ने तर्क राखेका थिए भन्दै ती नेताले भने–नेकपा औपचारिक रुपमा विभाजन भइनसकेकाले अहिले कसैको पक्षमा पनि खुल्नु उपयुक्त नहुने यो पक्षको भनाई थियो ।
तर अर्काे पक्ष भने प्रमुख प्रतिपक्षी दल भएको नाताले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नु प्राकृतिक र प्रतिपक्षीय धर्म बमोजिम हुने तर्क राखेको थियो । अर्काे पक्ष भने के गर्दा ठीक हुन्छ भन्ने कुरा सम्बन्धित प्रदेश संसदीय दललाई नै निर्णय गर्ने अधिकार दिनु राम्रो हुने पक्षमा देखियो । यसो गर्दा व्यक्तिगत स्वार्थ र सम्झौता गर्ने प्रवृत्तिले प्रश्रय पाउन सक्ने भएकाले गलत हुने धारणासमेत राखिएको थियो ।
त्यसैले आगामी केन्द्रीय कार्यसमिति बैठकले नै यसबारे अन्तिम निर्णय गरोस् भन्ने पक्षमा अधिकांश सहभागी सहमत देखिए । यही माघ १३ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । बाग्मती प्रदेशका सम्बन्धमा पनि छलफल गर्न सभापति देउवाले पर्सि माघ ९ गते यस्तै छलफल गर्ने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार