फिफा विश्वकप : नेपालले छनोट चरणको बाँकी तीन खेल खेल्ने
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २०:५१:५१
७ माघ, काठमाडौं । नेपालले विश्वकप छनोटका तीन खेल खेल्ने भएको छ । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको बाँकी तीन खेल नेपालले दशरथ रंगशालामा दर्शकसहित खेल्ने भएको हो ।
गत मार्च-अप्रिलका लागि तय भएका खेलहरू कोरोना भाइरसका कारण स्थगित भएका थिए। नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ।
नेपालले ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्ने कार्यक्रम छ। यस्तै जोडर्नसँग जेठ १२ मा खेल्ने तय छ।तीनै खेलको मिति पक्का भए पनि कोरोनाका कारण नेपालमा हुने वा नहुने पक्का भएको थिएन। अब अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले तीनै खेल नेपालमै खेलाउने निर्णय गरेको छ।
ती तीनै खेलमा दर्शकलाई प्रवेश दिने एन्फाले जनाएको छ। मंगलबार भएको एन्फाको बार्षिक साधारणसभाले बार्षिक कार्यक्रम पास गर्ने क्रममा विश्वकप छनोटका खेलहरु नेपालमा गर्ने र ती खेलमा दर्शकलाई टिकट बिक्रि गरेर रकम उठाउने उल्लेख छ।
एन्फा प्रवक्ता किरण राईले साधारणसभा पछिको पत्रकारसम्मेलनमा नेपालमा हुने विश्वकप छनोटका खेलहरुमा दर्शकलाई प्रवेश दिइने बताएका थिए। छनोट खेल हेर्न आउने दर्शकलाई बिक्रि गर्ने टिकटबाट १ करोड १० लाख रुपैयाँ आम्दानी गर्ने एन्फाले मंगलबार साधारणसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेख छ।
छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।
नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।
एन्फाको मंगलबार भएको साधारणसभाले २०७७ मा १० वटा कार्यक्रम र २०७८ मा २४ कार्यक्रम गर्ने प्रस्ताव पारित गरेको छ। यो प्रतियोगिता कोरोनाले फुटबल ठप्प भएपछिको पहिलो औपचारिक प्रतियोगिता हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार