
७ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक भोला थापा नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन्।
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।
प्राध्यापक संघले भने उपकुलपति सिफारिस भएका तीनै व्यक्तिको योग्यता र मापदण्डबारे प्रश्न उठाएको थियो। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको सर्च कमिटीले काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपतिमा तीन व्यक्तिको नाम सिफारिस गरेपछि संघले त्यसबारे प्रश्न गरेको थियो।
सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा छन्। कमिटीले माकाजु, थापा र लुइँटेलको नाम सिफारिस गरेको सूचना बाहिरिएको थियो। सर्च कमिटीले सार्वजनिक रुपमा आवेदन माग्दा ४० जना बढीले आवेदन दिएका थिए।
प्रतिक्रिया