पुनःहात्तीपाइले भेटिएसँगै निवारणमा चुनौती
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २१:१०:३८
७ माघ, लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको छ । १२औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइसकेको यस जिल्लामा पुनःहात्तीपाइले रोगको जीवाणु भेटिएसँगै थप चुनौती थपिएको हो ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइँदै आएको लमजुङमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन गरिएको प्रि ट्रासमिसन एसिस्मेन्ट सर्वेमा राइनास नगरपालिका अन्र्तगतका २६ जनामा हात्तीपाइलेको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले गत पुस २३ गतेदेखि २७ गतेसम्म राइनास नगरपालिका–४ र ६ मा उक्त सर्वे सञ्चालन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय र राइनास नगरपालिकाको समन्वयमा दुई वडाका छ वटा क्ल्स्टरमा हात्तीपाइले रोगको जीवाणु भएनभएको पत्ता लगाउन रक्त परीक्षण गरिएको थियो । वडा ४ र ६ मा तीन/तीनवटा क्ल्स्टरमा ३००/३०० जनाको रगत परीक्षण गरिएको राइनास नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लक्ष्मीप्रसाद सेढाईले जानकारी दिए। उनका अनुसार परीक्षणका क्रममा वडा नं। ४ का १६ जना र ६ का १० जनामा हात्तीपाइलेको जीवाणु देखिएको छ ।
यसअघि यस जिल्लामा १२आँै चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराईसकेको अवस्थामा पुनःजिल्लामा यस रोगको जीवाणु भेटिनुले हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । हात्तीपाइले रोग निवारणका लागि सरकारले प्रत्येक वर्ष औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ, तर सबै नागरिकले नियमित औषधि नखाइदिँदा यस्तो समस्या देखापरेको उनको भनाइ छ ।
सर्वेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसहित राइनास स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रका छ जना स्वास्थ्यकर्मीको टोली खटिएका थिए । यस रोगको जोखिम भएका स्थानमा प्रत्येक दुई/दुई वर्ष यस किसिमको सर्वे गरिने केन्द्रले जनाएको छ । सर्वेमा खटिएको टोलीले रगत परीक्षण गरेर तत्कालै अर्थात् परीक्षण गरेको १५ मिनेटमा हात्तीपाइले पोजेटिभ वा नेगेटिभ के छ त्यसको रिपोर्ट निकाल्ने गर्दछ ।
मस्र्याङ्दीमा सामुदायिक भवन
यहाँ एक सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ उस्तामा यहाँका स्थानीय क्लब, आमा समूहलगायत स्थानीय मिलेर रु ५० लाखमा सामुदायिक भवन निर्माण गरेको हो । स्थानीय तेज लक्षिन घलेले भन्नुभयो, “भवनसँगै भान्साघर, भण्डारण कोठा, पानीको धारा, शौंचालयलगायतका आवश्यक संरचना पनि निमार्ण गरिएको छ ।” भवनमा प्रवेश गर्ने गेट स्थानीय तेज घलेले रु एक लाख पाँच हजारमा निर्माण गरेको छ ।
त्यस्तै हाल बेलायत बस्दै आएका प्रेम घलेबाट सामुदायिक भवनमा प्रयोग गर्ने गरी ९७ हजार बराबरको एक थान जेनेरेटर सहयोग प्राप्त भएको स्थानीयको भनाइ छ । यस भवन निर्माण गर्न लागेकोे रकममध्ये २० लाख रुपैयाँ गाउँपालिकाले, यहाँ रहेको सुपर न्यादी जलविद्युत आयोजनाले दुई लाख ५० रुपैयाँ सहयोग र बाँकी रकम चन्दा सङ्कलन तथा जनश्रमदान गरेर सामुदायिक भवन निर्माण गरेको स्थानीय उनको भनाइ छ ।
त्यस्तै आमा बुबाको स्मृतिमो चौतारो निर्माण गरिएको छ । बेँसीशहर नगरपालिका–६ पुमा गाउँका गिरिराज गुरुङले आफ्नै आमाबुबाको स्मृतिमा गाउँमा चौतारो निमार्ण गरेको छ । हाल काठमाडौँमा बस्दै आउनुभएका गुरुङ र उहाँको परिवारको सहयोगमा दिवंगत आमा मनकाशी गुरुङ र बुबा बुद्धिप्रसाद गुरुङको स्मृतिमा चौतारो निमार्ण गरेको हो । शिक्षण, पर्यटन व्यवसाय र समाज सेवामा क्रियाशिल रहनुभएका गुरुङले चौतारो निमार्णका लागि डेढलाख बढी लगानी लगानीमा चौतारा निर्माण सम्पन्न गरेको स्थानीय वीरेन्द्र गुरुङले जानकारी दिए ।
राइनास प्रशासकीय भवन बन्दै
लमजुङस्थित राइनास नगरपालिका–५ तीनपिप्लेमा यस नगरपालिकाले आफ्नै नगरप्रशासकीय भवन निर्माणलाई तीव्रता दिएको छ । नगरपालिकाको सात रोपनी जग्गामध्ये दुई रोपनी क्षेत्रफलमा प्रशासकीय भवनको निर्माण निर्धारित समयमा सक्ने लक्ष्यका साथ अघिबढेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले बताए । नगरपालिकाको कार्यालय अहिले कृषि सेवा केन्द्र राइनासको भवनबाट नागरिकलाई सेवा प्रवाह गर्दै आइरहेको छ । उक्त भवन साँघुरो र कोठा कम भएका कारण सेवा प्रवाहमा असहज भइरहँदा सेवा प्रवाहमा निकै समस्या हुँदै आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार गत वर्ष २०७६ असोज २ गते कन्चनजङ्ग निर्माण सेवा कम्पनी इलामसँग सम्झौता गरेको मितिदेखि तीन वर्षभित्र नगरको प्रकाशकीय भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । तीन तले भवनमा २० वटा कोठा निर्माण हुने छ ।
हालसम्म १७ वटा कोठा निर्माण भएको र तेस्रो तलामा एउटा बैठक कोठासहित तीन वटा कोठा निर्माण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । यस भवनको निर्माण सात करोड रुपैयाँमा स्टेमेन्ट भएकोमा उक्त निर्माण सेवाले २४ प्रतिशत कममा ठेक्का पारेर यस भवन निर्माण गर्न चार करोड ६३ लाख ५७ हजार १७२ रुपैयाँ २० पैसामा सम्झौता गरेर निर्माण गर्दै आएको नगरपालिकाले जनाएको छ । राइनास नगरपालिकाको निर्माणधिन प्रशासकीय भवनमा सबै शाखा अट्ने गरी स्टिमेट भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार