छैटौँ राष्ट्रिय योग दिवसमा पाँच लाख राशिको अक्षयकोष स्थापना
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २१:२९:३०
७ माघ, काठमाडौं । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक नेपाली योग गुरु राजन शर्माले रु पाँच लाख राशिको अक्षय कोष स्थापना गर्ने घोषणा भएको छ । दिवसको अवसरमा नेपालको योग विस्तार तथा प्रवद्र्धनका लागि सो अक्षयकोष स्थापना भएको हो ।
अनलाइन विश्व भेलामार्फत् सहभागितामा घोषणा गरिएको हो । यसको हकदार सम्पूर्ण नेपालप्रेमी योगीजन रहने अक्षयकोषका संरक्षक योगी आचार्य राजनले जानकारी दिए । डा विकासानन्द योगी, डा चिन्तामणि योगी, डा क्षितिज बाराकोटी, ललितशङ्कर योगी लगायत व्यक्तित्व कोषको सल्लाहकारमा रहेको छन् ।
सोही अवसरमा समाजले योग क्षेत्रमा योगदान पुर्याउंने विभिन्न व्यक्तिलाई विश्व योग राजदूतको रुपमा सम्मान गरेको छ । विश्व शान्ति योग राजदूत घोषणा हुनेमा रामजी अधिकारी ९मानव सेवा आश्रम), भागवत मञ्जरी राधिका दासी (माया घर), पार्वती पहाडी (अष्ट्रेलिया), बटुक विष्ट (अमेरिका), राजन लोहनी (कतार), होम गौतम (नेपाल) लगायत छन् । दिवसकै अवसरमा योग शिक्षक प्रशिक्षणमा सहभागी कान्छा योगी १२ वर्षका प्रिन्स न्यौपाने, ९५ वर्षकी योग साधिका नरमाया निरौला र सपरिवार अन्तर्राष्ट्रिय योग शिक्षक परीक्षामा उत्तीर्ण योगी तारानिधि पन्त परिवारलाई यस वर्षको दश÷दश हजार राशिको पुरस्कारले सम्मान गरिएको छ ।
कोष विस्तारित हुँदै जाने समाजका नेपाल संयोजक दीर्घराज गिरीले बताए। विश्वस्तरको योग शिक्षक प्रशिक्षण निःशुल्क गर्दै आइरहेकोे अभियानले नेपाललाई विश्व योग गुरु र गन्तव्यको देश बनाउने अभियान थालेको छ । हालसम्म एक हजार ६०० जनालाई यो अभियानले मान्यता प्राप्त योग शिक्षक र जनशक्ति तयार पारिसकेको छ । विभिन्न देशमा मानवता, सकारात्मक सोच, योग, ध्यान पूर्वीय दर्शनमा रहेको विज्ञान प्रवद्र्धन गर्दै लाखौँलाई सञ्जालमा गासेको समाजले जनाएको छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको छ ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । समाज अष्ट्रेलियामा दर्ता रहेको छ । नेपाली योगी तथा सकारात्मक सोचका अभियानकर्मीबाट अस्ट्रेलियाको राष्ट्रिय कानुन अनुसार ११ वर्षअघि दर्ता भएको यो अभियानमा विश्वभरका नव चिन्तक तथा जीवन रुपान्तरणका अगुवा चिन्तक जोडिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार