
७ माघ, काडमाडौं । आज बुधलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यी पाँच कम्पनीले सर्वाधिक कारोबार गरेका छन् । मंगलबार नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको हो ।
त्यस्तै, प्रभु बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स र एनआईसी एशिया बैंकले सर्वाधिक कारोबार गरेका हुन् । आज नेप्से परिसूचक २ हजार ३४२ दशमलव ७६ विन्दुमा कायम भएको छ । कारोबारमा १२ ओटा समूहमध्ये पाँच ओटा समूहको परिसूचक घटेको छ भने ७ समूहको परिसूचक बढेको छ ।
बुधवारको बजारमा होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् भने जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव १२ प्रतिशत घटेको छ भने जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ६७ प्रतिशत बढेको छ ।
यो दिन बैंकिङकको परिसूचक शून्य दशमलव १४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३ प्रीतशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ५ प्रतिशत र अन्य समूहको शून्य दशमलव ६४ प्रतिशत घटेको छ ।
यस दिन वित्त समूहको ४ दशमलव २६ प्रतिशत, जलविद्युुतको ३ दशमलव शून्य ५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ७३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७६ प्रतिशत, म्यचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको हो । बुधवार ६ अर्ब २१ करोड ९ लाख ६६ हजार बराबरको १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता शेयर कारोबार भएको छ ।
कुन कम्पनीको कारोबार कति ?
बुधवार नेपाल लाइफको इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको हो । कम्पनीको ६१ करोड १४ लाख ८ हजार बराबरको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयरमूल्य पनि ७ दशमलव २९ प्रतिशतले बढेको छ । प्रतिकित्ता १९६ ले बढेर नेपाल लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य २ हजार ८८५ पुगेको छ ।
त्यस्तै, प्रभु बैंकको २९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल पुनर्बीमाको २७ करोड ३६ लाख, शिखर एन्स्योरेन्सको २९ करोड १९ लाख, एनआईसी एशिया बैकको १८ करोड २८ लाख बढिको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया