बिहिबार , फागुण १३, २०७७

कांग्रेसले संसद विघटनको विरोधमा भोलि विरोध प्रदर्शन गर्ने

कांग्रेसले संसद विघटनको विरोधमा भोलि विरोध प्रदर्शन गर्ने

७ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा भोलि बिहीबार विरोध प्रदर्शन गर्ने भएकाे छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका हुन् । सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका छन् ।

कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ । कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुष २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न विज्ञप्तिमार्फत अपील गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्थानीय भाषा पठनपाठनका लागि शिक्षक नियुक्ति गर्ने तयारी स्थानीय भाषा पठनपाठनका लागि शिक्षक नियुक्ति गर्ने तयारी १५ घण्टा पहिले
देउवालाई भेट्न प्रचण्ड–माधव बुढानिलकण्ठ जाने देउवालाई भेट्न प्रचण्ड–माधव बुढानिलकण्ठ जाने १३ घण्टा पहिले
प्रचण्ड–नेपालकाे दौडधुप: महरासहित पेरिसडाँडामा पहिलो बैठक त्यसपछि सिंहदरबारमा प्रचण्ड–नेपालकाे दौडधुप: महरासहित पेरिसडाँडामा पहिलो बैठक त्यसपछि सिंहदरबारमा ५ घण्टा पहिले
ओली समूहकाे कर्णाली आमसभा स्थगित ओली समूहकाे कर्णाली आमसभा स्थगित ११ घण्टा पहिले
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश ११ घण्टा पहिले
कार दुर्घटनामा टाइगर वुड्सकाे गम्भीर घाइते कार दुर्घटनामा टाइगर वुड्सकाे गम्भीर घाइते ११ घण्टा पहिले
आफूहरू अन्यायमा परेको राजवंशीहरुको गुनासो आफूहरू अन्यायमा परेको राजवंशीहरुको गुनासो १२ घण्टा पहिले
प्रचण्ड–नेपाल पक्षद्वारा सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन प्रचण्ड–नेपाल पक्षद्वारा सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन ६ घण्टा पहिले