सोमबार , फागुण २४, २०७७

चिसो अत्याधिक बढेपछि पर्सा र बारामा विद्यालय बन्द

चिसो अत्याधिक बढेपछि पर्सा र बारामा विद्यालय बन्द

७ माघ, वीरगञ्ज । चिसो अत्याधिक बढेपछि पर्सा र बाराका विभिन्न विद्यालय बन्द भएका छन्। चिसाे धेरै बढेपछि बाराको कलैया उपमहानगरपालिका र पर्साको पर्सागढी नगरपालिकाले विद्यालय बन्द गरेका हुन् । वीरगञ्ज महानगरपालिकाका विद्यालय भने आजबाट खुलेका छन् ।

चिसोबाट बालबालिकालाई जोगाउनका लागि आवश्यक स्रोत साधन विद्यालयमा नहुने भएकोले विद्यालय बन्द गरिएकाे हाे । पर्सागढी नगरपालिकाका विद्यालय बुधबारदेखि नै बन्द भइसकेका छन् । पर्सागढी नगरपालिको शिक्षा शाखाले मंगलबार नै विज्ञप्ति जारी गरेर तीन दिनका लागि विद्यालय बन्द गरेको थियो । पर्सागढीका विद्यालयहरु पनि शुक्रबारसम्म बन्द रहनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चिसोले पठन पाठन नै प्रभावित बनेको र बालबालिकोको स्वास्थ्यमा समेत असर पर्ने देखिएकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख प्रदीपकुमार चौरसियाले जानकारी दिए । सामुदायिक विद्यालय ३० वटा र संस्थागत ७ वटा विद्यालय छन् ।

बाराको कलैया उपमहानगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गरेको छ । कलैया उपमहानगरपालिका कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै माघ ८ र ९ गते बन्द गर्ने जनाएको छ । नगर शिक्षा समितिको निर्णय अनुसार उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन शुक्रबारसम्म बन्द गरिएको शिक्षा अधिकृत विजय अधिकारीले जानकारी दिए ।

चिसो बढेपछि जिल्ला प्रहरी कार्यालय बाराले २७ ठाउँमा आगो बालेको छ । सर्वसाधरणलाई चिसोको कहरबाट जोगाउन आगो बालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नजिकका वन कार्यालयबाट दाउरा ल्याएर बाल्न मातहतका कार्यालयहरुलाई निर्देशन दिईएको र सोही अनुसार बुधबार २७ ठाउँमा दाउरा बालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विप्लवले वार्तामा आउँछु भन्दा केही तत्वलाई टाउको दुख्याे : ओली विप्लवले वार्तामा आउँछु भन्दा केही तत्वलाई टाउको दुख्याे : ओली २ हप्ता पहिले
हलमा धमाधम पुराना नेपाली चलचित्र रिलिज हलमा धमाधम पुराना नेपाली चलचित्र रिलिज ३ हप्ता पहिले
नेपालमा न्याय मरेको छैन : नेता पाण्डे नेपालमा न्याय मरेको छैन : नेता पाण्डे २ हप्ता पहिले
महुली लघुवित्तकाे लाभांश प्रस्तावलाई राष्ट्र बैंकले दियो स्वीकृती महुली लघुवित्तकाे लाभांश प्रस्तावलाई राष्ट्र बैंकले दियो स्वीकृती १ दिन पहिले
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडक अवरुद्ध टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडक अवरुद्ध ३ हप्ता पहिले
तपाईकाे साप्ताहिक राशीफल [ फागुन ०२ गते आइतबारदेखि ०८ गते शनिबारसम्म ] तपाईकाे साप्ताहिक राशीफल [ फागुन ०२ गते आइतबारदेखि ०८ गते शनिबारसम्म ] ३ हप्ता पहिले
विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन ६ दिन पहिले
मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने २ हप्ता पहिले