
७ माघ, काठमाडौं । थानकोटको २० आना जग्गा धनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा मालपोत कार्यालय, कलंकीका पूर्वकर्मचारी पक्राउ परेका छन् । मीना खड्काको नाममा रहेको साे जग्गा थाहै नदिइ बिक्री गर्न सहयोग गरेको आरोपमा उद्योग मन्त्रालयका शाखा अधिकृत विनोद दाहाललाई धनगढी जान लागेका वेला दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
बिक्री गर्न सहयोग गरेको आरोपमा कार्यालयमा बहालवाला नायब सुब्बा नाराण श्रेष्ठ पनि पक्राउ परेका छन् । प्रकरणमा संलग्न अन्यबारे अनुसन्धान भइरहेको छ । खड्का बेल्जियममा भएका वेला नक्कली जग्गाधनी खडा गरी बिक्री गरिएको पाइएको छ ।
तत्कालीन समयमा मालपोत कार्यालयका शाखा अधिकृत दिपक दाहालबाट नायब सुब्बा नारायण श्रेष्ठलाई डोर खटाएर कलंकीको एक होटलमा बसेर उनीहरुले २३ पुषमा २०७६ मा राजीनामा लिखत पारित गराएर अर्को व्यक्तिको नाममा नामसारी गरेका थिए ।
खड्का बेल्जियमबाट फर्किएपछि जग्गा खरिदकर्ताले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि यो प्रकरण बाहिर आएको हो ।
प्रतिक्रिया