व्यवसाय प्रवर्धनमा राम्दी पुल बाधक–पौडेल
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २३:४९:९
७ माघ, स्याङ्जा । स्याङ्जाको व्यापार व्यवसाय प्रवद्र्धनमा राम्दी पुल बाधक भएको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एंव वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताएका छन् ।
स्याङ्जा जिल्लामा करिव ५० बर्ष अगाडी निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईएको सिद्धार्थ राजमार्गको कारण यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भएता पनि स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीस्थित कालीगण्डकीमा निर्माण गरिएको पुलको स्तर समयानुकुल नहुँदा यस क्षेत्रको उद्योग र ब्यवसायमा प्रभाव परेको केन्द्रीय सदस्य पौडेलको भनाई छ ।
पौडेलले राम्दीको पुलको भारवाहन क्षमता कम भएकोले हेबी ट्रकहरु त्यहाँबाट आउन नपाउँदा माल ढुवानीमा भाडा महङ्गो पर्न गई उद्योगी ब्यवसायी एवम् उपभोक्ताहरुलाई समेत प्रभाव परेको बताए ।
केही समय अगाडि तानसेन नगरपालिकामा सिद्धार्थ राजमार्गसँग जोडिएका विभिन्न पालिका प्रमुख/उपप्रमुखहरु एवम् विज्ञहरुको बैठक बसी सिद्धार्थ राजमार्ग एवम् राम्दीस्थित कालीगण्डकी पुलको स्तरवृद्धिका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएता पनि कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको पौडेलले बताए ।
पोखरा र बुटवल/भैरहवा जस्ता दुई ठूला शहरहरुको बीचमा स्याङ्जा रहेको छ पौडेलले भने,‘स्याङ्जाको उद्योगी व्यवसाय प्रवद्र्धनमा राम्दी पुल बाधक बन्यो ।’ राम्दी पुलको भारवहन धान्ने क्षमता कम भएपछि स्याङ्जाको व्यवसाय प्रवद्र्धनमा नराम्रो असर परेको उनले बताए ।
उत्पादित वस्तुको बजारको सम्भावना राम्रो भएको तथा यी दुई शहरमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन आईसकेपछि त्यसबाट फाईदा लिनका लागि समेत राजमार्ग तथा पुलको स्तरउन्नति अपरिहार्य रहेको पौडेलको भनाई छ ।
सिद्धार्थ राजमार्गको स्तरउन्नति भएमा यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा समेत उल्लेखनीय विकास हुने र पुलको क्षमता वृद्धिबाट हेबी ट्रकहरु सजिलै आवतजावत गर्नगराउन सकेमा विभिन्न खालका उद्योगहरु स्थापना गर्न सकिने, उत्पादित वस्तुको बजारीकरणमा सहज हुने तथा आयातित वस्तुको मूल्यमा सस्तो पर्न गई उद्योगी ब्यवसायी तथा आम उपभोक्ताहरुलाई समेत फाईदा पुग्ने पौडेलले बताए ।
केन्द्रीय सदस्य पौडेलले स्याङ्जा जिल्लाका नीजि क्षेत्रका अगुवाहरु एकठाउँ बसेर एकताका साथ यस क्षेत्रको उद्योग र ब्यापारको विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ मार्फत पनि सरकारसँग पहल गर्न सकिने र त्यसका लागि आँफू प्रतिबद्ध रहेको बताए ।
पटक पटक संसदमा राम्दीको पुल स्तरोन्नती गर्न स्याङ्जाका सांसदहरुले माग गरेपनि आज सम्म सुनुवाई नहुनु दुखद रहेको पौडेलले बताए । दुई जिल्ला र दुई प्रदेश जोड्ने राम्दी पुल २०२७ सालमा उद्घाटन गरिएको थियो । भारबहन क्षमता कमजोर हुँदा स्याङ्जावासीले महङ्गोमा सामाग्रीहरु खरीद गर्न बाध्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार