
माघ ७, काठमाडाैं । नेप्से परिसूचक १५ दशमलव ८७ अंकले वृद्धि हुँदै २३४२ दशमलव ७६ को विन्दुमा बन्द भएको छ तर पनि बजार आज २३६१ को विन्दुमा खुलेकोमा प्राविधिक मैनवत्ति भने रातो बनेको छ। नेप्से परिसूचक शुन्य दशमलव ६८ प्रतिशतले वृद्धि भएकोमा ६ अर्ब २१ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २३६१ को विन्दुमा खुलेकोमा २३६२ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २३२२ रहेको छ ।
मंगलबार (अघिल्लो कारोवार दिन ) २३६१ मा बजार खुलेकोमा आज पनि २३६१ मा बजार खुलेको थियो। दुवै कारोवार दिन बजार खुला भए देखि नै घटेको छ । बजारले दुवै दिन २३६२ को क्षेत्रलाई उच्च विन्दु बनाएको र त्यही विन्दुबाट घटेको देख्न सकिन्छ । यसको अर्थ बजारको एउटा सानो प्रतिरोध २३६२ देखि २३६५ को क्षेत्र हुन सक्छ । जुन त्यति बलियो प्रतिरोध भने होइन।
आज फाइनान्स कम्पनको शेयर आकर्षक रुपमा बढेको छ । फाइनान्स उपसुचक ४ दशमलव २६ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसुचकपनि ४ दशमवल ६७ प्रतिशतले वृद्धि भएको छ। वाणिज्य बैंक उपसूचकमा भने थोरै करेक्सन देखिएको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
प्रतिक्रिया