मंगलबार , फागुण १८, २०७७

ट्रम्पले भ्रष्टाचार निम्त्याएको इरानका राष्ट्रपतिको टिप्पणी

ट्रम्पले भ्रष्टाचार निम्त्याएको इरानका राष्ट्रपतिको टिप्पणी

७ माघ, तेहरान । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दै छन ।

‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो ।  उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य गरेनन् ’ रुहानीले एक टेलिभिजनमा गरेको टिप्पणीमा बताए । शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए। रिपब्लीकन पार्र्टीका उम्मेदवार भएका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन ।

राष्ट्रपति ट्रम्पले सन २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेप्सेमा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत, कुनको कति ? नेप्सेमा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत, कुनको कति ? ६ दिन पहिले
अप्पर स्याङ्गेको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त अप्पर स्याङ्गेको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त ७ दिन पहिले
एक प्रहरी निरीक्षकसहित १८ ट्राफिक प्रहरी सम्मानित एक प्रहरी निरीक्षकसहित १८ ट्राफिक प्रहरी सम्मानित २ दिन पहिले
इलामका टिका मगरलाई हल अफ फेम सिजन २ को उपाधि इलामका टिका मगरलाई हल अफ फेम सिजन २ को उपाधि २१ घण्टा पहिले
ट्रकले ठक्करबाट सफारी रिक्सा चालकको मृत्यु ट्रकले ठक्करबाट सफारी रिक्सा चालकको मृत्यु ५ दिन पहिले
कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता सम्पन्न ७ दिन पहिले
प्रदेश सरकारको सहयोगमा गोकर्ण माविमा बस सेवा प्रदेश सरकारको सहयोगमा गोकर्ण माविमा बस सेवा ४ दिन पहिले
नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त २१ घण्टा पहिले