आइतबार , फागुण १६, २०७७

बाइडेनले गरे पत्नीका नाममा ट्वीट, लेखे ‘म तिमीलाई माया गर्छु जिली’ !

बाइडेनले गरे पत्नीका नाममा ट्वीट, लेखे ‘म तिमीलाई माया गर्छु जिली’ !

७ माघ, एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिन अब केही समय बाँकी छ । नेपाली समयअनुसार १० बजेर ४५ मिनेट जाँदा उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् । सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस क्यापिटल हिलस्थित संसद् भवनमा आइसकेका छन् ।

बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी हुन संसद् भवन आइसकेकी छिन् । संसद् भवन पुगेर बाइडेनले जिलका नाममा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म तिमीलाई माया गर्छु जिली र यो यात्रामा तिम्रो साथभन्दा म धेरै आभारी हुन सक्दिंन ।’

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस ट्वीटसँगै उनले जीलको हात समातेर हिँडिंरहेको छोटो भिडियो पनि पोस्ट गरेका छन् । बाइडेनले सपथ लिएसँगै जिल अमेरिकीकी फस्र्ट लेडी बन्नेछिन् । बाइडेनको सपथ समारोहमा सरिक हुन पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस, बाराक ओबामासहितका विशिष्ट अतिथिहरु पनि क्याटिपल हिल आइपुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय