बिहिबार , फागुण १३, २०७७

जो बाइडनद्वारा अमेरिकी राष्ट्रपति पदको शपथग्रहण

जो बाइडनद्वारा अमेरिकी राष्ट्रपति पदको शपथग्रहण

७ माघ, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको शपथग्रहण लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् ।

सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले शपथग्रहण गराएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको शपथग्रहण लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले शपथ  लिएकी हुन् ।

जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।

निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको शपथ ग्रहण समारोहमा भाग नलिने पूर्व घोषणा बमोजिम नै सहभागीता जनाएनन्। आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन्। तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित भएका थिए ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा जर्ज डब्ल्यू बुश र लोरा बुश बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन्।डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै ‘आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो भनेकी छन्।’

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? १७ घण्टा पहिले
मेरा भाइहरुले खुसी भएर लड्डु ख्वाइख्वाइ गरेछन् : ओली मेरा भाइहरुले खुसी भएर लड्डु ख्वाइख्वाइ गरेछन् : ओली ९ घण्टा पहिले
खेलाडीको स्वास्थ्य परीक्षणका लागि एन्फा र गङ्गालालबीच सम्झौता खेलाडीको स्वास्थ्य परीक्षणका लागि एन्फा र गङ्गालालबीच सम्झौता १६ घण्टा पहिले
शिक्षकको अभावमा स्टोररुममा नै थन्किए कम्प्युटर शिक्षकको अभावमा स्टोररुममा नै थन्किए कम्प्युटर १६ घण्टा पहिले
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश १२ घण्टा पहिले
तत्काल सचिवालय बैठक बोलाउन वामदेवकाे माग तत्काल सचिवालय बैठक बोलाउन वामदेवकाे माग १६ घण्टा पहिले
नेप्सेको सिस्टममा समस्या, निफ्रा शतप्रतिशत घट्दा नेप्से ५७ अंक घट्यो नेप्सेको सिस्टममा समस्या, निफ्रा शतप्रतिशत घट्दा नेप्से ५७ अंक घट्यो १५ घण्टा पहिले
कर्णाली प्रदेशको उच्च शिक्षा छात्रवृतिमा जुम्ला पर्न सकेन कर्णाली प्रदेशको उच्च शिक्षा छात्रवृतिमा जुम्ला पर्न सकेन १६ घण्टा पहिले