![अमेरिकी संसद भवनमा बाइडेनलाई भव्य स्वागत [ फोटो फिचर ]](https://www.nepalbahas.com/wp-content/uploads/2021/01/baidan-5-590x389.jpg)
७ माघ, एजेन्सी । जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पदको शपथग्रहण गरेका छन्। नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा, अमेरिकी समयअनुसार १२ बजे दिउँसो बाइडेनले सपथ लिनेका हुन् । उनको सपथ ग्रहण समारोहमा क्यापिटल हिलस्थित अमेरिकी संसद् भवन भव्य देखिएको छ ।
विगतमा जस्तो विशिष्ट पाहुना र सर्वसाधारणको ठूलो उपस्थित भने हुनेछैन किनकि अमेरिकामा कोरोना भाइरस महामारीले उग्र रुप लिइरहेको छ र ४ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।
सिमित पाहुनामात्रै संसद् भवनमा बाइडेनको शपथ नियाल्न उपस्थित छन् । त्यस्तै १ सय ५० वर्षमा पहिलोपटक अमेरिकी राष्ट्रपतिले आफ्नो उत्तराधिकारीको सपथ बहिस्कार गरेका छन् । नयाँ प्रशासनलाई शुभकामना दिएपनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प शपथग्रहण समारोहमा उपस्थित छैनन् । उनले ह्वाइट हाउस पनि छाडिसकेका छन् ।
प्रतिक्रिया