बुधबार , फागुण १९, २०७७

सरिया हिमवर्तीकाे २० डिग्री सेन्टिग्रेडको सिरेटोमा नेपाली शान्ति सैनिक

सरिया हिमवर्तीकाे २० डिग्री सेन्टिग्रेडको सिरेटोमा नेपाली शान्ति सैनिक

८ माघ, काठमाडौं । नेपाली शान्ति सैनिक मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मन क्षेत्रमा समेत तैनाथ भई कार्य गर्दै आएको छ । उक्त क्षेत्रमा २० फिट हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको सिरेटोमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखिको सिरिया र इजरायलबीच विवाद अहिले पनि कायमै छ । संयुक्त राष्ट्रसङ्घले उक्त विषयमा विवाद उपन्न भएदेखि नै शान्ति सैनिक त्यस क्षेत्रमा तैनाथ गरिरहेको छ । विश्वकै सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो सङ्ख्यामा विद्युतीय धराप रहेको बताइएको छ । सो क्षेत्रमा द्वन्द्वरत सशस्त्र समूहको चलखेल पनि धेरै नै हुने गरेको जानकारी दिइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वर्षको आधा समय हिमपात हुने उक्त गोलान क्षेत्रमा खट्टिने अधिकांश फौज मुस्ताङको कैसाङस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला तालिम लिएका नेपाली सैनिक हुन । सन् २०१३ देखि नेपाली शान्ति सैनिक तैनाथ उक्त इलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारी साधन पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरिँदै आएको उक्त निर्देशनालयले जनाएको छ ।

द्वन्द्वरत राष्ट्रमा तैनाथ भई देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणामस्वरुप सिरियास्थित मिशनको फोर्स कमाण्डरको जिम्मेवारी हालका प्रधानसेनापति पूर्णचन्द्र थापा, अप्रा रथी बालानन्द शर्मा र अप्रा उपरथी शिवराम खरेलले कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो । हाल उक्त मिसनको फोर्स कमाण्डरमा रथी ईश्वर हमाल कार्यरत छन् । नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको उक्त मिशनमा नेपाली सेनाको चिकित्सक अधिकृतसहितको मेडिकल टोली पनि कार्यरत छ ।

आन्तरिक द्वन्द्वकाकारण विद्रोहीबाट क्षति पु¥याइएका शान्ति सैनिकका व्यारेक संरचना पुनःनिर्माण र व्यारेक स्थानको सुरक्षा चुस्त तुल्याउन सेनाको इञ्जिनीयर टिम त्यस क्षेत्रमा डटेर काम गरिहेको छ । अनुशासित र व्यावसायिक नेपाली सेनाको कार्यक्षमताका कारण संयुक्त राष्ट्रसङ्घ तथा सिरियाली सरकारको नेपाली शान्ति सैनिकको कामको तारिफ हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेप्सेमा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत, कुनको कति ? नेप्सेमा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत, कुनको कति ? ७ दिन पहिले
समाचारमा देखिएको विकृतिप्रति दलित पत्रकार संघको चिन्ता समाचारमा देखिएको विकृतिप्रति दलित पत्रकार संघको चिन्ता ५ दिन पहिले
अब पशुपतिमा ‘क्यूआर कोड’बाट भेटी दान गर्न सकिने, गभर्नर अधिकारीले गरे शुभारम्भ अब पशुपतिमा ‘क्यूआर कोड’बाट भेटी दान गर्न सकिने, गभर्नर अधिकारीले गरे शुभारम्भ ५ दिन पहिले
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने प्राइम कमर्सियल बैंकको ऋणपत्रमा फागुन २८ गतेदेखि आवेदन दिन सकिने २४ घण्टा पहिले
प्रचण्ड- नेपाल काठमाडौंमा प्रचण्ड- नेपाल काठमाडौंमा ७ दिन पहिले
देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान ४ दिन पहिले
साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई छात्रवृत्ति साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई छात्रवृत्ति ५ दिन पहिले
तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो २१ घण्टा पहिले
धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता मात्र ४ लाख धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता मात्र ४ लाख १ हप्ता पहिले
प्रजातन्त्र दिवस हामीले जुन उत्साहका साथ मनाउँथ्यौँ, त्यो अहिले छैन प्रजातन्त्र दिवस हामीले जुन उत्साहका साथ मनाउँथ्यौँ, त्यो अहिले छैन २ हप्ता पहिले
ओलीलाई बिदा गर्न कानूनी झण्झट ओलीलाई बिदा गर्न कानूनी झण्झट ६ दिन पहिले
ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्‍घाटन ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्‍घाटन १ हप्ता पहिले
एनआरएनएले ल्यायाे विश्व व्यापीरुपमा टेली हेल्थ सेवा एनआरएनएले ल्यायाे विश्व व्यापीरुपमा टेली हेल्थ सेवा २ हप्ता पहिले
ओलीले गरे पुनर्निर्मित मन्त्रिपरिषद कार्यालयकाे उद्घाटन ओलीले गरे पुनर्निर्मित मन्त्रिपरिषद कार्यालयकाे उद्घाटन २ हप्ता पहिले
पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि राप्रपा अध्यक्ष राणा आक्रोशित पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि राप्रपा अध्यक्ष राणा आक्रोशित २ हप्ता पहिले
सामाजिक सञ्जालमा सीमा विवादबारे पोस्ट गर्ने सात पक्राउ सामाजिक सञ्जालमा सीमा विवादबारे पोस्ट गर्ने सात पक्राउ १ हप्ता पहिले