बिहिबार , फागुण १३, २०७७

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु

८ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

‘घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु्कुहिरो समेत लाग्ने सम्भावना छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ  गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ  गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, बागमती, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ।

माघ १० गते (शनिबार)

दिउँसो :  सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ।

राती : पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय