
८ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले माघ १६ गतेदेखि सो ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको उक्त ऋणपत्रको नाम ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ रहेको छ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो।
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा माघ २० गते बन्द हुनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ ३० गतेसम्म लम्बिनेछ।
सो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ। बैंकले वार्षिक ८.५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
प्रतिक्रिया